बर्दघाट,चैत्र–१९
संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कम्युनिस्टहरु गरिब शब्द घोकेर गरिबका नाममा राजनीति गरेर अघि बढेको तर्क व्यक्त गर्नु भएको छ।
महामन्त्री खनालले भन्नू भयो कम्युनिस्टहरुले साढे तीन बर्ष झन्डै दुई तिहाई बहुमतको सरकार चलाए तर २०७४ देखिको तथ्यांक हेर्ने हो भने नेपाल झन गरिब मुलुकको रुपमा देखियो ।गरिबका लागि राजनीतिक गर्ने कम्युनिस्टहरु झन सम्पन्न हुँदै गए। नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिको कार्यालय उद्घाटन समारोहमा बोल्दै महामन्त्री खनालले कम्युनिस्ट नेतृत्वको सरकारले भारत र चिनको बिरोध गरेर मात्रै राष्ट्रियता बच्छ भन्ने खालको खोक्रो रास्ट्रबाद देखाउन खोजेको आरोप लगाउनु भयो।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य बिस्वप्रेम पाठकले बर्दघाट नगरपालिकाले आम जनताको आधारभुत आवस्यकता र जनताको आवस्यकतालाई प्राथमिकतामा नराखी घण्टाघर,भ्यु टावर जस्ता सम्रचना निर्माण गरि सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाउनु भयो।पर्यटन प्रवर्द्धनका लागि ती चिज पनि आवस्यक हुन तर पहिलो आवस्यकता र समय के हो भनेर चिन्न सक्नु पर्ने उहाले बताउनु भयो।
कार्यक्रममा बोल्दै नगर सभापति दामोदर जिसिले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बर्दघाट नगरपालिकाको नेतृत्वमा पुर्याउन सबै कार्यकर्ता र नेतृत्व एक भएर अघि बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो।कार्यक्रममा विभिन्न दल त्यागी ६० जना नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेस गरेका छन ।
कार्यक्रममा काङ्ग्रेस नेता शम्भुलाल श्रेष्ठ,जिल्ला सचिव उमेसचन्द्र यादव सचिव सन्तु गाह ल्गायतको रहेको थियो।