sunwal

सामी परियोजनाका कक्षा सहभागिहरुलाई प्रमाण पत्र वितरण

169

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन पश्चिम नवलपरासी जिल्लाका स्थानीय तहमा सञ्चालन भएका कक्षा सहभागिहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम शुक्रवार सम्पन्न् भएको छ ।
बर्दघाट नगरपालिकाको सभाकक्षमा भएको प्रमाण पत्र वितरण कार्यक्रममा नगर प्रमुख धिरज शर्मा,उप प्रमुख माया देवि पौडेल ,योजना प्रमुख पुष्कर काफ्ले लगाएतको उपस्थिती रहेको थियो ।

वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने उद्धेश्य लिएर समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन इन्द्रेणी सामाजिक बिकास मन्च मार्फत उक्त परियोजना संचालन भैरहेको छ ।

सके सम्म स्वदेश मा नै रोजगारी गरौ यदि वैदेशिक रोजगारी मा जाने नै भय सहि सुचना र परामर्श लियर मात्रै जाउ भन्ने मुल नारा का साथ सुरक्षित आप्रवासन सामी परियोजना नेपाल सरकार र स्विस सरकार को दुईपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नवलपरासी का स्थानीय तहहरुको नेतृत्वमा संचालित परियोजना को हेल्भेतास नेपाल ले प्राबिधिक सहयोग गरेको छ ।

इन्द्रेणी सामाजिक बिकास मन्चले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्र्तगत स्थानीय तहको टोल टोलमा पुगेर वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य र सम्भावित युवालाई सचेत गराएसंगै सामी परियोजना प्रभावकारी बन्दै गएको छ ।

वैदेशिक रोजगारीले देशमा गरीबी घटाउन ठूलो योगदान गरेको छ । यद्यपि वैदेशिक रोजगारीका फाइदाका अतिरिक्त यसमा विभिन्न किसिमका जोखिम छन् । वैदेशिक रोगजारीका क्रममा ठगिमा पर्ने, झुठो आश्वासन कबुल गरे भन्दा फरक काम तथा फरक सेवा सुविधा उपलब्ध हुने अवस्था छ ।

वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा सङ्कलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदूतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानूनी आधारमा समुदायस्तरमा सचेत गराईएको सामीका कर्मचारी रामु भुषालले जानकारी दिनु भएको छ ।