sunwal

अध्ययन अवलोकनको मुकाम बन्दै बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

72

कृष्ण ढकाल
बर्दघाट,चैत्र –७
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्ना उपभोक्ताहरुलाई प्रदान गरेका सेवा सुविद्या र त्यसको प्रभावकारीताका वारेमा जानकारी लिन नेपालका विभिन्न स्थानहरुवाट आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै जानथालेको छ ।

शुद्ध,स्वच्छ ,सफा एवं स्वास्थ्यवद्र्धक पिउने पानी आफ्ना उपभोक्ताहरुलाई सर्व सुलभ तरीकाले उपलब्ध गराउ सफल भएको र नेपालका १० उत्कृष्ट खानेपानी संस्थाहरु मध्ये आफुलाई टप फाईप भित्रनै पार्न सफल भएकै कारण बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सबैको रोजाईमा अध्ययन अवलोकनको मुकाम बन्न सफल भएको छ ।

भुमिगत तथा जंगलको मुहानस्रोतवाट पानीको आपूर्तिगर्दै आएको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो संस्थागत संरचना,आर्थिक पारर्दशिता,वातावरणीय सुन्दरता,खानेपानी सुरक्षा योजना,कार्यगत एकता,उपभोक्ता प्रतिको जवाफदेहिता,सामाजिक उत्तरदायित्व, निति,विधि र प्रविधिको प्रयोग, संस्थागत दुरदर्शीता,स्थानिय राजनितिक दलहरुसंगको समन्वयता र स्थानिय,प्रदेश तथा संघिय सरकारसंगको सहकार्यता लगाएत नेपालका हरेक स्थानवाट अध्ययन अवलोकनका लागि मुकायम बनाएर आउने विभिन्न संघ संस्थाहरुसंगको निकट्ता राम्रो भएकै कारण बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्ययन अवलोकन गर्न आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै जानथालेको हो ।

संस्थागत अनुभव आदान प्रदान

सोमवार पनि सुरुङ्गा सानाशहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्था झापाको टोलीले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्ययन अवलोकन गरेको छ । झापा
वाट आएको १४ सदस्यिय टोलीलाई सस्था का अध्यक्ष धातानन्द बस्याल लगाएतको सिंगो टिमले स्वागत गर्नुका साथै संस्थागत अनुभव आदान प्रदान समेत गरिएको थियो ।

अध्ययन अवलोकन भ्रमणका क्रममा बर्दघाटलाई मुकाम बनाउनु भएको प्रति झापाको सिङ्गो टिमलाई अध्यक्ष बस्यालले धन्यवाद अनि आभार प्रकट गर्नु भएको थियो । त्यस्तै सुरुङ्गा सानाशहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्था झापाका अध्यक्ष भिम प्रसाद अधिकारीले पनि आफुहरुले बर्दघाटवाट धेरै कुरा सिक्ने अवसरपाएको प्रति आभार ब्यक्तगर्दै न्यानो स्वागतका लागि धन्यवाद प्रकट गर्नु भएको थियो ।