जिवन न्यौपाने
बर्दघाट,फागुन–२६
बर्दघाट नगरपालिका अन्तर्गत पन्चनगर स्वास्थ्य चौकी लाई पुर्ण पोषण मैत्री स्वास्थ्य सस्था घोषणा कार्यक्रम कार्यान्वयनका लागि मूल्याकंन तथा कार्य योजना बैठक आज पन्चनगर स्वास्थ्य चौकी मा सम्पन्न भएको छ।
बर्दघाट नगरपालिका को आयोजना र सुआहारा को प्रबिधिक सहयोग मा बैठक सम्पन्न भएको हो । बैठकमा सस्था को ब्यवस्थापन समिती,जनप्रतिनिधि , महिला स्वास्थ्य स्वम सेविका स्वास्थ्यकर्मी , बिधालय का शिक्षिका तथा स्थानीय जेष्ठ नागरिक लगाएत को उपस्थित रहेको थियो ।
कार्यक्रम मा बैशाख ७ गते भित्र पन्चनगर स्वास्थ्य चौकी लाई पुर्ण पोषण मैत्री स्वास्थ्य चौकी घोषण गर्नका लागि आवश्यक पर्ने सम्पुर्ण मापदण्ड पूरा गर्न को लागि विभिन्न कार्ययोजना बनाई बैठक सम्पन्न भएको छ ।