sunwal

नेतृत्वमा महिला सहभागिता विषयक वक्तित्वकला प्रतियोगितामा अनिता शर्मा प्रथम

श्रमीक महिलालाई नगद सहित सम्मान

78

कृष्ण ढकाल
बर्दघाट,फागुन–२४
११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाले नेतृत्वमा महिला सहभागिता विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न् गरेको छ । त्यसैगरी सोही अवसरमा श्रमीक महिलालाई नगद सहित सम्मान समेत गरेको थियो ।

बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरीएको नेतृत्वमा महिला सहभागिता विषयक वक्तित्वकला प्रतियोगितामा ८ जना महिलाहरुले भाग लिएका थिए ।

प्रतियोगितामा अनिता शर्माले २ सय ११ अंक प्राप्तगरी प्रथम हुन सफल हुनुभएको थियो भने बिजु खाँणले १ सय ६६ अंक प्राप्तगरी द्धितिय हुनु भएको थियो । त्यसैगरी प्रतियोगितामा उमा पाण्डेले १ सय ६५ अंक प्राप्त गरी तृतीय स्थान हाँसिल गर्नु भएको थियो । त्यस्तै प्रतियोगितामा समान १ सय ६२ अंक प्राप्त गरी कृष्णमाया पराजुली र मिना वि.क. सान्तोना हुनु भएको थियो ।

३ सय पूर्णाङ्क रहेको उक्त प्रतियोगिताको निर्णायक संयोजकमा डा. घन श्याम न्यौपाने रहनु भएको थियो भने सदस्यहरुमा प्रध्यापक सितल अधिकारी र तुलसी थापा रहनु भएको थियो ।

दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष देवि पौडेलको अध्यक्षता र बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख माया देवि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सबै क्षेत्रमा महिलाहरुले समान अवसर नपाएको बताउदै समान अवसर प्राप्तीका लागि महिलाहरु एक भएर लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
उहांले महिलामाथि हुने हिंसा,बिभेदको अन्त्य गर्नका लागि महिलाहरुले नेतृत्व र निति निमार्णको तह सम्म पहुच पुर्याउन जरुरी रहेकोमा जोड दिनु भएको थियो । अहिले राज्यले प्रदत्त गरेका अधिकारहरु न्यायोचित रुपमा रहेपनि त्यसको कार्यान्वयन तहमा समस्या सृजनागर्ने परिपाटी रहेकाले त्यसको अन्त गर्नका लागि सबै महिला एकहुनुको विकल्प नरहेकोमा जोड दिनु भएको थियो ।

बर्दघाट नगरपालीका महिला ,बालबालिका तथा जेष्ठ नगारीक शाखा प्रमुख अप्सरा सुवेदीको संचालन र दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्माको स्वागतवाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रबिन्द्र बिक्रम हमाल,वडानम्वर १ का वाडाध्यक्ष मोतीलाल सुनार,वडानम्वर २का वडाध्यक्ष दया दर्लामी लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले महिलाहरूलाई सामाजीक,राजनीति र आर्थिक क्षेत्रमा मात्र नभै श्रमको क्षेत्रमा समेत पछिपारीएकाले श्रममा विभेद भएको भन्दै त्यको अन्तहुन जरुरुी रहेकामा समेत जोड दिएका थिए ।

सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको बीजारोपण भएको थियो। त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

श्रमीक महिलालाई नगद सहित सम्मान

११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाले एक कार्यक्रमका बिच श्रमीक महिलालाई सम्मान गरेको छ । बर्दघाट नगरपालिका वडा नम्वर १२ निवासी अटो रिक्सा चालक युवा महिलालाई नगर २५ सय सहित सम्मान गरेको हो ।
अटोरिक्सा चालक पुजा परियारको घरमा ७ बैनी छोरीमात्र रहेको र सबै साना रहेकाले उनले अहिले परिवारमा छोराको भुमिका निर्वाह गर्नु पर्ने बाध्यता रहेकाले आफुले सानै उमेरमा रिक्सा चलाएर परिवार धानेको बताएकी छन ।