राम प्रसाद पौडेल
बर्दघाट,फागुन–१८
बर्दघाट नगरपालिका बडा नम्वर–२,चिसापानीमा ६२ लाखको लागतमा निर्माण भएको कृषि उपज संकलन केन्द्र अझै सम्म संचालनमा आउन सेकोछैन । लुम्बिनी प्रदेश सरकारको १९ लाख
र बर्दघाट नगरपालिकाको ४० लाख तथा उपभोक्ता समितिको जनश्रमदानवाट ३ लाख १० हजार ९ सय ५८ रुपैया गरी टोटल ६२ लाख १० हजार ९ सय ५८ रुपैयाको लागतमा निमार्ण गरीएको उक्त कृषि उपज संकलन केन्द्र अहिले बुधवारे हाटबजारमा सिमित रहेको छ ।
कृषि तथा जडीबुटी संकलन उपज केन्द्र निर्माण उपभोक्ता समिति मार्फत निमार्ण सम्पन्न् भएको करिव १ वर्ष भैसक्दा पनि अझैसम्म कृषि उपज संकलन केन्द्र संचालनमा आउन सेकोछैन । निमार्ण उपभोक्ता समितिका अध्यक्ष होम बहादुर गुरुङ्गका अनुसार केहि स्थानिय ब्यक्तीहरुले कृषि उपज संकलन केन्द्र संचालनका विषयमा विरोध गरेकै कारण ढिला भएको बताईएको छ ।
नगरपालिका र स्थानियवासीहरुको सहमति अनुसार हप्तामा एक दिन साप्ताहिक हाटबजार संचालन गर्ने र अन्य ६ दिन कृषि उपज संकलन केन्द्रका रुपमा प्रयोग गर्ने गरी उक्त संरचनाहरु निमार्ण गरीएको थियो ।
कृषि उपज संकलन केन्द्र संचालन गरेर बर्दघाट नगरमा रहेका कृषकहरुले उत्पादन गरेको वस्तुहरुलाई संकलन गर्ने र बजारीकरण गर्ने तथा ब्यवसायिक कृषक उत्पादन गर्न प्रेरित गर्ने लक्ष्यमा पुग्नका लागि सक्दो छिटो कृषि उपज संकलन केन्द्र संचालन गर्न जरुरी रहेको सरोकारवालाहरुको भनाई रहेको छ ।