कृष्ण ढकाल
बर्दघाट,फागुन–१८
बर्दघाट नगरपालिका वडा नं. १ पुर्नवास,पिपलडाँडामा निमार्ण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज एक कार्यक्रमका विच समुद्घाटन गरीएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको नगर प्रमुख धिरज शर्मा बस्यालले समुद्घाटन गर्नु भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिकाले आफ्ना नागरवासीहरुको स्वास्थ्य प्रतिको संवेदनशिलतालाई ध्यानमा राखेर हेरक वडामा स्वास्थ्य सेवाकेन्द्र संचालनमा ल्याएको बताउनु भएको थियो । त्यसैगरी सुत्केरी महिलाहरुका लागि पोषणको ब्यवस्था र नगरका कुनैपनि स्वास्थ्य संस्था सम्म विरामी पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गरीएको जानकारी गारउनु भएको थियो ।
बर्दघाट नगरपालिका वडानम्वर–१ का वडाध्यक्ष मोतीलाल सुनारको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप– प्रमुख माया देवी पौडेल ,प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्या, नगर स्वास्थ्य निरिक्षक हुम प्रसाद पाण्डे,जिमिरेभार बजार बिकास समितिका अध्यक्ष नर बहादुर थापा लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
वडा सचिव यम प्रसाद न्यौपानेको संचालन रहेको कार्यक्रममा वडानम्वर ६ का वडाध्यक्ष रोहित थारु लगाएत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।