कृष्ण ढकाल
बर्दघाट,फागुन–१४
सबल बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाट–१० पञ्चनगरको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन आज सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष गोबिन्द्र पौडेलको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथयतामा भएको उक्त कार्यक्रम सम्पन्न् भएको हो ।
आज भएको संस्थाको प्रथम अधिवेशनले संस्थाका संस्थापक अध्यक्ष गोबिन्द्र पौडेलको अध्यक्षतामा पुनः नयां समिति सर्वसम्वद चयन गरेको छ । जस्को उपाध्यक्षमा शंकर प्रसाद पाण्डे सचिवमा राजी चापागाइ र कोषाध्यक्षमा मिमा कुमारी पौडेललाई सर्वसम्वद चयन गरेको छ । सदस्यहरुमा योगेन्द्र भट्टराई,दिवाकर रिजाल र सरद सिंह रहनु भएको छ ।
त्यसैगरी संस्थाको लेखा समितिको संयोजकमा विनोद खनाललाई चयन गरीएको छ भने लेखासमितिको सदस्यमा युवराज पाण्डे र कल्पना क्षेत्रीलाई चयन हुनुभएको संस्थाका सचिव रामजी चापागाईले जानकारी दिनु भएको छ ।
त्यस्तै सबल बहुउद्धेश्यीय सहकारी संस्थाको पनि आज नै औपचारीक रुपमा नगर प्रमुख बस्यालले समुद्घाटन गर्नु भएको छ । नगर प्रमुख बस्यालले संस्थाका कार्यसमिति र शेयस सदस्यहरुको उपस्थितीमा संस्था संचालनमा रहेको प्रशासनिक भवनको मुल ढोकामा रिवन काट्नुका साथै ताम्रपत्रको अनावरण गरी संस्थाको औपचारीक समुद्घाटन गर्नु भएको थियो।
सबल बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाट–१० पञ्चनगरको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनको समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरमा सहकारींले ऐन लागु भएसंगै पहिलो पटक दर्ता भएको यस संस्थाले नगरका अन्य सहकारीहरुको तुलनामा काम र परिणाममा एक नम्वरमा रहनेगरी नमुना कार्य गर्न आग्रह गर्नु भएको थियो ।
त्यसैगरी बर्दघाट नगरपालिका वडानम्वर ९ का वडाध्यक्ष चन्द्र कान्त चापागाईले सहकारीहरु अब पैसाको कारोवार गरेर मात्र नहुने भन्दै उत्पादनसंग जोडीएर अघिबढ्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी सहकारीहरुले शेयर सदस्यहरुसंग समन्वय गरेर उत्पादनको क्षेत्रमा अघिबढ्नका लागि आग्रह गर्नु भएको थियो । सहकारीले सहकारीको मर्मअनुसार नचलेको अवस्थामा अब सबल बहुउद्धेश्यीय सहकारी संस्थाले शुरुवादवाटै सहकारीको मर्म अनुसार अघि बढ्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा तर्दथ सञ्चालक समितिको तर्फवाट अध्यक्ष गोबिन्द प्रसाद पौडेलको संस्थाको आ.ब.२०७८/०७९को नीति तथा कार्यक्रम सहितको प्रतिवेदन र सचिव सामजी चापागाको सांगठनिक प्रतिवेदन प्रस्तुत भएको थियो । त्यसैगरी कोषाध्यक्ष मिमा कुमारी पौडेलको तर्फवाट संस्थाकी सहायक ब्यवस्थापक पार्वती कोईरालावाट संस्थाको स्थापना देखि २०७८।११।१३ गते सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । प्रस्तुत प्रतिवेदनमा संस्थाको हालसम्मको १ करोड २६ लाख २७ हजार ४ सय ५१ रुपैया बराबरको आर्थिक कारारेवार रहेको प्रस्तुत गरीएको छ ।
संस्थाका सचिव रामजी चापागाईको संचालनमा भएको कार्यक्रममा संस्थाकी पहिलो शेयर सदस्य टिकास्वरी पौडेललाई सम्मान समेत गरीएको थियो ।