sunwal

सामुदायिक विद्यालयहरुको गुणस्तरीयता अझै बढाउदै लैजान जरुरी ः नेता विश्वकर्मा

47

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
अहिले नेपालका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तरसंगै भौतीक संरचना र ब्यवस्थापकिय पक्षमा निक्कै सुधार भएको पूर्व कृषि तथा सहकारी मन्त्री एवं संविद्यान सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । दिब्यज्योति माबि चिसापानीको ४५ औं वार्षिकोत्षब एवं अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नेता विश्वकर्माले उक्त कुरा बताउनु भएको हो ।
उहांले सामुदायिक विद्यालयहरुको अझै स्तरीकरण गर्दैजान जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
सामुदायिक विद्यालय प्रति अभिभावकहरु र सरकारले हेर्ने दृष्किोण परिर्वतन भएको बताउदै नेता विश्वकर्माले अब सबै मिलेर सामुदायिक विद्यालयहरुको गुणस्तरीयतालाई अझै बढाउदै लैजान जरुरी रहेको बताउनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै संविद्यान सभा सदस्य सिन्धु जलेसाले दिब्य ज्योती माबि अहिले प्रदेशको नमुना बिद्यालय भैरहदा अब शिक्षाको गुणस्तरमा पनि देशमा नै नमुना विद्यालयका रुपमा परिचितहुने गरी स्थापित हुन जरुरी रहेको बताउनु भएको थियो ।
बिद्यार्थी,शिक्षक,अभिभावक र विद्यालय ब्यवस्थापन समिति विच समन्वयकारी भूमिका सहज भएमा विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्ने वातावरण पनि सहज हुने भएकाले सबैको सहयोग आवश्यक पर्ने बताउनु भएको थियो ।

त्यस्तै प्रदेश सभा सदस्य भगवती भण्डारीले अहिलेको ब्यवस्थापन समितिले गरेको कार्य प्रसंसनिय रहेको बताउदै विद्यालयका २५ सय ८५ विद्यार्थीहरुको भविश्यका लागि लागीपर्ने सबै प्रति धनयवाद प्रकट गर्नु भएको थियो ।

दिब्यज्योति माबि चिसापानीको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबोधजागृत बुढाथोकीको अध्यक्षता पूर्व कृषि तथा सहकारी मन्त्री एवं संविद्यान सभा सदस्य छविलाल विश्वकर्मा को प्रमुख आतिथ्यता एवं लोकेन्द्र बहादुर चन्दको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, विद्यालयका सल्लाहकार सदानन्द पाण्डे,कमल परियार,माया पौडेल,शेरबहादुर आचार्य,चन्द्र बहादुर बुढा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयलाई योगदान पुयएका ब्यक्तिहरु र शिक्षकहरुलाई सम्मान गरीएको थियो भने विभिन्न ३३ वटा अक्षयकोषवाट ४७ जान बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरीएको थियो ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक रमेश कुमार कुंवरले विद्यालयको आर्थिक वर्ष २०७७/२०७८ को ९९ लाख ४६ हजार ५ सय २४ रुपैया २४ पैसा बराबरको आयब्य विवरण प्रस्तुत गर्नु भएको थियो ।