sunwal

बर्दघाट व्यापार मेलाको तयारी अन्तिम चरणमा (भिडियो सहित)

35

कृष्ण ढकाल
बर्दघाट,फागुन–११
‘कला, संस्कृति, उद्योग र व्यापार ः समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने नारासहित बर्दघाटमा सञ्चालन हुन लागेको पाँचौं बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारी करिब ९० प्रतिशत पुरा भएको आयोजकले जनाएको छ ।

बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट –४ हरियाली नगरमा रहेको बर्दघाट मण्डपमा अहिले तिव्रगतिमा स्टल निमार्ण देखि मञ्च निमार्ण तथा पिङ्ग फिटिङ्ग गर्ने कार्य भैरहेको छ । त्यसैगरी भिविन्न सजावट देखि मौलिक घरहरु निमार्णका कामहरु पनि भैरहेका छन् ।

फागुन १३ गतेबाट शुुरु हुने मेला स्थलमा स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहने आयोजक संस्था बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । मेलामा कृषि र महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको र संघमा आवद्ध उद्योगी व्यवसायीलाई स्टल भांडामा ५० प्रतिशत छुट गरिएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ । मेला अवधिभर दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने लक्ष्य आयोजकको रहेको अध्यक्ष न्यौपानेले बताउनु भयो ।

त्यसैगरी मेलामा बर्दघाट नगरका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले नगरका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई समेटेर तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गर्ने तयारी गरीएको संस्थाका महासचिव दिनेश न्यौपानेले बताउनु भएको छ ।

कला संस्कृति,परम्पराको संरक्षण समेत गर्ने उद्देश्यले मगर, थारु, नेवार लगायत जातिका परम्परागत घर र खानाका परिकारहरू पनि मेलामा रहने कृषि, पर्यटन तथा संस्कृति व्यवस्थापन उपसमिति संयोजक गंगाप्रसाद पाठकले बताउनु भयो ।

मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हाँस्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुतिसँगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहने सांस्कृतिक उपसमिति संयोजक खुमन बस्यालले बताउनु भएको छ भने मेला फागुन २५ गतेसम्म चल्ने छ ।

रक्तदान कार्यक्रम हुने

ुरक्त दान जिवन दान ू भन्ने मुल नाराका साथ बर्दघाट उघोग वाणिज्य संघ ले शुक्रवार विहान ८ बजे खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्त सञ्चार केन्द्र परासी नवलपरासी को प्राविधिक सहयोग खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रम मेला आयोजना स्थल बर्दघाट मण्डप मा नै हुने जनाईएको छ ।