Holi care school

चुरे तिनाउ संरक्षण समिति ,बुटवलद्धारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

40

कृष्ण ढकाल
माघ–१०
चुरे तिनाउ संरक्षण समिति ,बुटवलले बुटवलको बिकास र चुरेको पहिरो सङ्ग सम्बन्धित ब्भिन्न विषयहरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई जानकारी गराउनुका साथै ध्यानाकर्षण पत्र बुझाएको छ । समितिका अध्यक्ष कमल गौतमको नेतृत्वमा गएको सरोकारवालाहरुको टोलीले मुख्यमन्त्री कार्यालयमा पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

त्यसैगरी बुटवलको बिकास र चुरेको पहिरो सङ्ग सम्बन्धित विषयमा मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले बुटवल ज्योति नगर र लक्ष्मी नगरको चुरेको पहिरो प्रभाबित क्षेत्रको काम शुरुगर्न बिभिन्न जिम्मेवारि तोकेको चुरे तिनाउ संरक्षण समिति ,बुटवलका अध्यक्ष कमल गौतमले बताउनु भएको छ ।
तत्काल ज्योतिनगर ,मिलन पथ र लक्ष्मी नगरको काम उपभोक्ता समिति मार्फत शुरु गर्न ज्योतिनगर लागि एक करोड पच्चिस लाख ,लक्ष्मि नगरको लागि एक करोड पाचलाख ,पाखा पानीको लागि पन्ध्र लाख ,चुरे राष्ट्र पति तराई मधेस संरक्षण समितिले बजेट विनियोजन गरेको अध्यक्ष गौतमले जानकारी दिनु भएको छ । यो बर्ष को लागि चार करोड संघिय सरकार संग माग गरीएको बताईएको छ ।

यसैगरि पहिरो प्रभाबित क्षेत्रको माटो सफाइ गर्न बस्ति भित्रको कलभट निर्माणको लागि करिब पचासिलाख ,र खोल्सा–खोल्सि सुधार को लागि थप रु पन्ध्र लाख बुटवल उपमहानगरपालिकाले खर्च गरेको अध्यक्ष गौतमले बताउनु भएको छ ।
त्यसैगरि खानेपानी संस्थाले झुम्साबाट ल्याउने खानेपानी सडक बिभागमा रकम डिपोजित र जग्गा ब्यबस्थापनको कार्य सम्पन्न भएमा आब २०७८/२०७९ भित्र पानीको काम सम्पन्न हुने गरी काम अघि बढेको जानईएको छ।
त्यस्तै राजमार्ग चौरहा देखि गोलपार्क सम्मको बाटो निर्माणको लागि नालिको काम भैरेको र बिचको बाटो पिच गरि छेउको बाटो पछि गर्ने गरि कार्य अघिबढाईएको बताईएको छ । उता तिनाउ करिडोरको बाटो किनार बाट २२ मिटर नापजाँच सुरु भएको र उक्त जग्गामा पर्ने घर घरेडिको लागि बिस्थापितलार्इ स्थापितगर्न सरोकारवाला निकाय सहमत भएको अध्यक्ष गौतमले जानकारी दिनु भएको छ ।