कृष्ण ढकाल
बर्दघाट,पौष–८
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रिड नेपालको सहयोगमा आज बर्दघाट वडा नम्वर १२ का गरीव तथा असाहय ब्यक्तिहरुलाई बाख्रा बितरण गरीएको छ । जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुरज के.सि.को अध्यक्षता र बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलको प्रमुख आतिथ्यता उक्त बाख्रा बितरण कार्यक्रम सम्पन्न् गरीएको थियो ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख पौडेलले पुस्तकालय र रिड नेपालको सहकार्यमा भएको बाख्रा वितरण कार्य निक्कै स्रहनीय रहेको बताउदै आगामि दिनमा पनि यस्तै अन्य कार्यहरु ल्याउन आग्रह गर्नु भएको थियो । उहांले नगदमा दिने सहयोग भन्दा वस्तुमा दिईने सहयोग हजारौगुना राम्रो रहने र उत्पादनसिल तथा आयमुलक रहने भएकाले त्यसले ब्यतिmको आयआर्ज बढाउने बताउनु भएको थियो ।
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रिड नेपालद्धारा संचालित व्यवहारिक सामुदायिक समाधान कार्यक्रम अन्तर्गत दैनिक ज्याला मजदुरी गर्ने घरपरिवारहरु बाख्रा पालन गर्न इच्छुक रहेकाहरुलाई आयआर्जन हुनेगरी बाख्रा बितरण गरीएको जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुरज के.सि.ले बताउनु भएको छ ।
अध्यक्ष के.सीका अनुसार आज १० घर परिवार लाई प्रति घर २ वटाका दर ले २० वटा बाख्रा बितरण गरीएको थियो । बाख्रा वितरण कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष मान बहादुर मल्ल ,वडा सदस्य गजेन्द्र गिरि लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन पुस्तकालयका सचिव गोपाल आलेले गर्नु भएको थियो ।