sunwal

गरीव तथा विपन्न घरपरिवारलाई सालका चौकोस हस्तान्तरण ।

53

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२९

चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–२,चिसापानीले आज एक कार्यक्रमका विच उपभोक्ता हरिलाल सोडारीलाई घर बनाउन सालका चौकोस तथा झ्यालहरु हस्तान्तरण गरेको छ ।

सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नंं.–२ की वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरी उक्त चौकोस तथा झ्यालहरु हस्तान्तरण गरीएको थियो ।

चौकोस तथा झ्यालहरु हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दर्लामीले सामाजिक कार्यमा वन समुहले मानविय सेवाको लागि गरेको कार्य अन्यन्तै स्राहनिय रहेको बताउु भएको थियो । उहांले यसरी नै समाजका गरीव तथा विपन्न घरपरिवारहरुलाई अन्य संघ संस्थाहरुले पनि सक्दो सहयोग गरेर उनीहरुको दैनिक जिवनमा सहजता ल्याउनमा सहयोग पुयउनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङ्गले संस्थाको आफ्नो वार्षीक कार्ययोजना अनुसार गरिव–विपन्न आवास निमार्ण कार्य अन्र्तगत यसवर्ष हरिलाल सोडारीलाई करिव १ लाख मुल्य बरावरको सालका चौकस तथा झ्यालहरु प्रदान गरीएको बताउनु भएको थियो । लामो समय देखि चिसापानी सामुदायिक वन उपभोक्ता समुहमा साधारण सदस्य देखि कार्य समिति सदस्य सम्मभै वन समुहलाई सहयोग गरेको तर निजको आर्थिक अवस्था निक्कै कम्जोर रहेका कारण उहांले दिएको निवेदनका आधारमा समितिले मुल्याङ्कन गरी चौकोस तथा झ्यालहरु प्रदान गरेको अध्यक्ष गुरुङ्गले बताउनु भएको थियो ।

चिसापानी सामुदायिक वन उपभोक्ता समुहका सचिव अनिल गुरुङ्गको संचालनमा भएको चौकोस तथा झ्यालहरु हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यालय सचिव कमल परियार,चौकोस तथा झ्याल प्राप्त कर्ता उपभोक्ता हरिलाल सोडारी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।