Sarawal sit lahar Notis

परासी सेवा समाज युएइद्धारा जेहेन्दार विद्यार्थीहरुको लागी आवश्यक समाग्री हस्तान्तरण

64

रमेश भुसाल

सुनवल,मंसिर–२१
परासी सेवा समाज युएइले पश्चिम नवलपरासीको सुनवल १० गैडाखालमा अवस्थीत गैडाखाल आधारभुत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुका लागी आवश्यक समाग्री हस्तान्तरण गरेको छ ।
गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागी आवश्यक डे«स , जुत्ता, कापी , कलम , स्वीटर लगाएतका समाग्रीहरु हस्तान्तरण गरेको परासी सेवा समाज युएइले जनाएको छ । सोहि अवसरमा नवआगान्तुक ५० जना विद्यार्थीहरुलाई विद्यालयले समेत विद्यार्थीहरुलाई आवश्यक स्कुल डे«स र पुरस्कार वितरण गरेको विद्यालयका प्रध्याना ध्यापक जगत प्रसाद पौडेलले जानाकारी दिनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित वहादुर पुन र प्रमुख आतिथ्यता वडा नम्वर १० का वडाध्यक्ष शेषकान्त अधिकारीको रहेको थियो । सो अवसरमा परासी सेवा समाज युएइका अध्यक्ष भुपराज डुम्रे, परासी सेवा समाज युएइका सदस्य एवं समाज सेवी हरी तिवारी , विद्यालय व्यवस्थापन समिति सदस्य पदम वहादुर थापा, शिक्षक दुर्गा प्रसाद न्यौपाने लगाएतले जेहेन्दार विद्यार्थीहरुको लागी आवश्यक समाग्री हस्तान्तरण गर्नु उत्तम कार्य भएको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, सामुदायिक वन,m स्थानिय समाजसेविहरु साथै अभिवकहरुको समेत उपस्थीती रहेको विद्यालयले जनाएको छ ।