sunwal

बर्दघाटको पर्या–पर्यटन पार्क जानेबाटोमा प्रवेशद्धार शिलन्यास ।

36

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१६
पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटले निर्माण गर्न लागेको पर्या–पर्यटन पार्क प्रवेश गर्ने मुलबाटोमा प्रवेशद्धारा निमार्णका लागि आज शिलन्यास गरीएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले आज एक कार्यक्रमका विच उक्त प्रवेशद्धारको शिलन्यास गर्नु भएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले यस अघि जे जस्तो भएपनि अब पारिजात सामुदायिक वनले अघिसारेको पर्या–पर्यटन पार्क लाई थप ब्यवस्थीत गर्न बर्दघाट नगरपालिकाले डिपिआर नै तयार गरेर अघिबढ्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहांले स्थानीय पर्यटन प्रर्वद्धनका लागि बर्दघाट उद्योग वाणीज्य संघले विकासमा साँझेदारी गरीको प्रति आभार प्रकट गर्दे अन्य संघ संस्थाहरुले पनि बर्दघाट उद्योग वाणीज्य संघको जस्तो सहयोगी भावना राख्नु पर्नेमा जोड दिनु भएको थियो ।

बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता,नगर प्रमुख बस्यालको प्रमुख आतित्थ्यता र संघका महासचिव दिनेश न्यौपानेको संचालन भरहेका कार्यक्रममा बोल्दै पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटका अध्यक्ष चुडामणी भण्डारीले सबैको साथ र सहयोगवाट नै सामाजिक कामहरुले पूर्णता पाउने भएकाले सरोकारवालाहरुले आफ् सक्दो सहयोग र समर्थन गरेर पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटले निर्माण गर्न लागेको पर्या–पर्यटन पार्क लाई नमुना बनाउन सहयोगका लागि सबैसंग आग्रह गर्नु भएको थियो ।

बर्दघाट उद्योग वाणीज्य संघको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त प्रवेशद्धार १ लाख ५० हजारको लागतमा निमार्ण सम्पन्न् गर्नेगरी कामको शुभारम्भ गरीएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको थियो । उहांले यस अघि संघले पारिजात सामुदायिक वनक्षेत्रमा सम्पन्न् गरेको औधोगीक प्रर्दशनीलाई सामुदायिक वनले स्थान उपलब्ध गराए वापत सामुदायिक वनले अघिसारेको विकास योजनामा संघले साझेदारी गर्दै उक्त प्रवेशद्धार निमाणर््ा गरीदिन लागेको बताउनु भएको थियो ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर ४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समुहले विगत दुई वर्ष देखि हैसियत विग्रेको वनक्ष्ँेत्रलाई पर्या–पर्यटन पार्क को रुपमा विकास गरीरहेको छ ।

९९ हेक्टर क्षेत्रफलमा करिव २ करोड रुपैया खर्च गरेर लुम्बिनी प्रदेश कै नमुना पर्या–पर्यटन पार्क बनाउने लक्ष्य लिएको पारिजात सामुदायिक वन उपभोक्ता समुहले अहिले सम्म पार्क क्ष्ँेत्रमा जानका लागि ग्रावेल सडक निर्माण,खानेपानीको ब्यवस्थापन,बिजुली वत्तिको ब्यवस्थापन,महिला तथा पुरुषका लागि छुट्टा छुट्टै शौचालय निमार्ण गर्नुका साथै पिक्निकका लागि स्टलहरु समेत निमार्ण गरीसकेको छ ।

पार्कको सुन्दरताका लागि डिभिजन वन कार्यालय नवलपरासीको सहयोगमा पार्क क्षेत्रमा जाने मुल सडकको दुबै छेऊमा कपुर र धुपिका विरुवाहरु रोप्नेकार्य समेत सम्पन्न् भएको छ ।

क्षेत्रगत रुपमा र भौगोलिक हिसावले समेत सबैको पायक पर्ने ,यातायातको सहज पहुच भएका कारणले पनि पारिजात सामुदायिक वन उपभोक्ता समुहले निमार्ण गर्न लागेको पार्क सबैको रोजाईमा पर्ने संभावना बोकेको स्थान रहेको छ ।
लुम्बिनी प्रदेशको पूर्वीद्धारमा रहेको ,पहाडको काख र बजारको साथमा निमार्ण भैरहेको पर्या–पर्यटन पार्कले बर्दघाट नगरको आर्थिक समृद्धिमा समेत थप टेपा पुग्ने संभावना देखिएको छ ।