sunwal

चिसापानी सामुदायिक वन र देवदह मेडिकल कलेजद्धारा संयुक्त रुपमा स्वास्थ्य शिविर सम्पन्न ।

71

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३
स्वास्थ्य जाँच गराअौं जीवन बचाअौं  भन्ने मुल नाराका साथूचिसापानी सामुदायिक वन उपभोक्ता समुह ,चिसापानी र देवदह मेडिकल कलेज भलुही को संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता र बर्दघाट नगर पालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यता मा भएको शिविर समुद्घाटन कार्यक्रममा देवदह मेडिकल कलेजका निर्देशक एंव हाड(जोर्नी विशेषज्ञ डा।जयराज शर्मा लगाएतको उपस्थिती रहेको थियो ।
शिविर समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख वस्यालले बर्दघाट नगरवासीको स्वास्थको लागि बर्दघाट नगरपालिकाले सक्दो सहयोग गरिराखेको र भोलीका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
बर्दघाट नगरपालिका वार्ड नं।१२ मा रहेको नित्यानन्द रत्नकुमारी मा।वि।जहदामा भएको शिविर समुद्घाटन कार्यक्रमको संचालन चिसापानी सामुदायिक वन उपभोक्ता समुहका सचिव अनिल गुरुङ्गले गर्नु भएको थियो ।
आज भएको उक्त शिविरमा ८ जना विशेषज्ञ डा.हरुले सेवा प्रदान गर्नु भएको थियो । जहां नसा तथा हाड जोर्नी,छाला तथा यौन,शिशु तथा बालरोग र स्त्री विषेशज्ञ डाक्टरहरु सहित नाक,कान तथा घांटी,भिडियो एक्सरे र जनरल सर्जन डाक्टरहरुले शिविरमा रहेर वडावासीहरुको स्वास्थ्य चेक जांच गर्नु भएको थियो ।

आज भएको स्वास्थ्य शिविरमा बर्दघाट नगरपालिका वडा नं १२ र १३ का ३ सय ८० जना स्थानियवासीहरुले सेवा लिनुभएको चिसापानी सामुदायिक वन उपभोक्ता समुहका सचिव अनिल गुरुङ्गले बताउनु भएको छ ।