कृष्ण ढकाल
बर्दघाट,मंसिर–२
नवलपरासीको बर्दघाट नगरपालिकाले तयार पारेको स्थानिय पाठ्यक्रम हाम्रो बर्दघाटको आज एक कार्यक्रमका विच सार्वजनिकिकरण गरीएको छ । बर्दघाट नगर शिक्षा ,युवा तथा खेलकुद् शाखाले आज स्थानिय पाठ्यक्रम हाम्रो बर्दघाट सार्वजनिकिकरण गर्नुका साथै शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न् गरेको छ । हाम्रो बर्दघाट नामक स्थानिय विषयको पाठ्यक्रम पुस्तिका नगर प्रमुख धिरज शर्मा बस्यालमार्फत सार्वजनिकिकरण गरीएको थियो ।
सार्वजनिकिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले स्थानीय स्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै त्यसका वारेमा नयां पुस्तालाई जानकारी दिने उद्धेशयले बर्दघाट नगरपालिकाले स्थानिय पाठ्यक्रम हाम्रो बर्दघाट लागु गरीएको जानकारी गराउनु भएको थियो ।
आधारभूत तह अर्थात कक्षा १ देखि ८ सम्मका लागि स्थानीय तथा ऐतिहांसिक एवं संस्कृतिक महत्वका स्थान र स्थानिय संस्कृती, जनजीवन, भुगोल लगायतका पक्षलाई समेटेर हाम्रो बर्दघाट नामक स्थानिय विषयको पाठ्यक्रम तयार गरीए पनि यस शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्म मात्र लागु गरीने र आगामी वर्ष देखि कक्षा ८ सम्म नै लागु गर्ने योजना अनुरुप नगरपालिका अघि बढ्को बर्दघाट नगर शिक्षा ,युवा तथा खेलकुद् शाखा अधिकृत ईन्द्र बहादुर कुवंरले बताउनु भएको छ ।
केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोल लगायतका पक्षलाई समेट्न नसक्ने भएकाले बर्दघाट नगरपालिकाले जिल्लामा नै पहिलो पटक लागु गरेको जनाएको छ ।
१ हजार २४ वार्षिक कार्यघण्टा रहने गरी तयार गरीएको उक्त पाठ्यक्रम संरचनामा स्थानीय विषयको अध्ययन पश्चात कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले आपूm बसेको ठाउं, टोल, वडा र नगरपालिकाको पहिचान,कक्षा ४ र ५ का विद्यार्थीहरुले आप्mनो पालिका र छिमेकी पालिकाको पहिचान ,पालिका क्षेत्रको भू–बनोटको पहिचान पाउने छन भने कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुले नगरपालिकाको भौगोलिक, राजनैतिक, जातिगत संरचनाको पहिचान र नगरपालिकाको नक्सा बनाउने सीप सिक्ने आकलन पाठ्क्रममा गरीएको छ ।
बर्दघाट नगरमा ३७ वटा सामुदायिक र २७ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।