सहकारीहरु सहकारीकै मुलमर्म अनुसार चल्नुपर्छ ः खनाल
विशाल बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाट–९ पञ्चनगरको १४ औं वार्षीक साधारण सभा सम्पन्न्
कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२८
विशाल बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाट–९ पञ्चनगरको १४ औं वार्षीक साधारण सभा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष विनोद खनालको अध्यक्षता र संविद्यान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न् भएको हो ।
सो अवसरमा बोल्दै संविद्यान सभा सदस्य खनालले सहकारीहरु सहकारी कै मुलमर्म अनुसार चल्नुपर्नेमा जोड दिनु भएको थयो । उहांले सहकारीहरु नाफा र घाटाको हिसाब किता भन्दा अलि माथि उठेर उत्पादनसंग जोडिदै आफ्ना सेयर सदस्यहरुको आयआर्जन वृद्धि हुने तर्फ केन्द्रीत हुन जरुरी रहेका बताउनु भएके थियो । समाजमा छरीएर रहेको पैसालाई संकलन गरेर मात्र नहुने भन्दै त्यसको सुरक्षाको र उचीत स्थानमा लगानी गरेर शेयर दस्यहरुलाई मुनाफा दिनु पर्ने सहकारीको कर्तब्य पनि रहेको खनालको भनाई रहेको थियो ।
त्यस्तै बर्दघाट नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष चन्द्र कान्त चापागाईले पञ्चनगर क्षेत्रका सहकारीहरुलाई एक सहकारी एक ब्यवसाय गर्नेगरी लैजाने सोचंमा आफुले पहल गरेपनि सो अनुसार हुन नसकेको धारणा राख्नु भएको थियो । जे जसरी सहकारीहरु संचालन भएके भएपनि उत्पादन र रोजगारीसंग जोडीदै सहकारी अघि बढ्नका लागि उहांले आग्रह गर्नु भएको थयो ।
संस्थाका सचिव प्रेम प्रसाद अधकारीको संचालन रहेको उक्त कार्यक्रममाजिल्ला सहकारी संघकी सदस्य दिल कुमारी कुवंर,जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्री,मधुवन बहुद्धेश्यीय सहकारीका अध्यक्ष ईन्द्र ढकाल, पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष यम बहादुर खत्री क्ष्ँेत्री ,पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाई लगाएतले आ–आफ्ना भनाईहरुाख्नु भएको थियो ।
सभामा बोल्दै संस्थाका अध्यक्ष विनोद खनालले संस्थाले अहिले कागजको चियाकप उत्पाद गर्ने देखि ४५ कट्टा जग्गामा तरकारी खेती गरीरहेको जानकारी गराउनु भएको थियो । त्यसैगरी केहि दिनमा दुग्ध संकलन र भण्डारण केन्द्र संचालनमा ल्याउने पूर्ण तयारी भएको समेत जानकारी गराउनु भएको थियो ।
बर्दघाट–९ पञ्चनगरमा आफ्नो केन्द्रीय कार्यालय रहेको विशाल बहुउद्धेश्यीय सहकारी संस्थाले अहिले बर्दघाट–४ बर्दघाट,बर्दघाट–१६ सूर्यानगर,बर्दघाट–१२ भटौलीया र बर्दघाट–७ जिमिरेभारमा आफ्नो सेवा केन्द्र स्थापना गरेर सेवा प्रवाह गरीरहेको छ । गत असार मसान्त सम्म ४ हजार ११ जना शेयर सदस्यहरु बनाउन सफल यस संस्थाले सो समय सम्म १ करोड ८७ लाख १८ हजार १ सय रुपैया शेयर रकम बाउन सफल भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यसैगरी २१ करोड १९ लाख ९५ हजार ३३ रुपैया बचत गर्न सफल भएको छ भने आफ्नो कोषमा १ करोड २१ लाख २० हजार ५ सय३६ रुपैया रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै २७ करोड ५० लाख २२ हजार १ सय ६२ रुपैया ऋण लगानी गरेको संस्थाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।