Sarawal sit lahar Notis

बर्दघाट नगरपालिकाको गत आ.व को बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न

171

रामु भुसाल
बर्दघाट ,कार्तिक १५
नवलपरासीको बर्दघाट नगरपालिका नगर कार्यपालिका कार्यालयको गत आ.व २०७७।७८ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नगरपालिकाले गत आ.व को बित्तिय लक्ष्य र प्रगतीका बारेमा समिक्षा गरिएको थियो ।
बर्दघाट नगरपालिकाले गत अर्थिक बर्षमा १ अर्ब ४ करोड बजेट मा ८२ .०६ प्रतिशत प्रगती गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो सो अवसरमा क्ृषि शाखा प्रमुख युवराज लम्साल ,स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली , पशुपंक्षी विकास शाखा प्रमुख भरत लम्साल ,शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवर महिला तथा बालबालिका शाखा ,अप्सरा सुवेदी , लेखा शाखा प्रमुख बिष्णु पुरी लगायतले आ, आफ्रना शाखाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्या ले नगरमा कुल ७७८ योजनाहरु रहेकोमा उपभोक्ताा समिति बाट ६७८ ठेक्का प्रक्रियाबाट ७० र कोटेशन विधि बाट ३० योजना हरु सम्पन्न् भएको र प्रतिवेदन प्रस्तुत गर्दै चालु खर्च तर्फ ८६.७५ प्रतिशत र पुजिगत खर्च तर्फ ७९.०८ प्रतिशत खर्च भएको बताउनु भयो । साथै आर्थिक बिकास तर्फ ७८.३१ प््रतिशत , सामाजिक बिकास तर्फ ९५.१८ प्रतिशत , पुर्वाधार विकास तर्फ ७४.०९ प्रसतशत , सुसाशन तथा अन्तर सम्बन्ध्ति क्षेत्र मा ८६.६५ प्रतिशत कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ८७.५३ प्रतिशत खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

नगरले गत आ.व मा विभिन्न शिर्षक बाट ९ करोड ९४ लाख पुजी सञ्चित भएको र नगरको विभिन्न शिर्षक र समयमा गरी करिब १० करोड बेरुजु रहेकोमा ३ करोड बेरुजू फर्याैट भईसकेको र बाकी बेरुजु कमी गर्ने लक्ष्यका साथ काम भईरहेको बताउनु भयो ।
कार्यक्रममा नगर उप प्रमुख मायादेवी पौडेल ,कार्यपालिका सदस्य हरु ,नगरपालिकाका विभिन्न शाखा प्रमुख, राजनितिक दलका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मी को सहभागिता रहेको कार्यक्रमको संचालन नगरपालिकाका योजना शाखा प्रमुख पुष्कर काफ्लेले गर्नुभएको थियो।