सार्वजनिक विदा कटौती गरेको प्रति नवलपरासीका तमुहरुद्धारा आक्रोश ब्यक्त ।
तमु च्यु ल्होसार विशेष कार्यक्रम सम्पन्न् ।
कृष्ण ढकाल
बर्दघाट,पौष–१५
तमु ल्होसारपर्वमा विगतका वर्षहरुमा सरकारले दिदै आएकोे सार्वजनिक विदा कटौती गरेको प्रति नवलपरासीका तमुहरु(गुरुङ्ग) ले आक्रोश ब्यक्त गरेका छन् । मंगलवार नवलपरासीको बर्दघाट–१६ सूर्यनगरमा दाउन्नेदेवी सुर्यनगर तमु समाजले आयोजना गरेको २६०३ औँ तमु च्यु ल्होसार विशेष कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त आक्रोस ब्यक्त गरेका थिए । त्यसैगरी उक्त कार्यक्रमलाई संबोधनगर्दै तमु ह्युल छोजधिं गुरुंग राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष नर बहादुर तमुले सबै राजनितिक पार्टीहरुले तमुहरुलाई नेपालका हरेक आन्दोलनहरुमा प्रयोग गरी आफुहरु सरकारमा जाने तर उनीका हक अधिकार दिन हिच्किचाएको आरोप समेत लगाउनु भएको थियो । उहांले अहिलेको सरकारले तमुहरुको महान पर्व तमुल्होसार पर्वको सार्वजनिक विदा कटाएको प्रति तमु ह्युल छोजधिं गुरुंग राष्ट्रिय परिषदकको घोरविरोध रहेको बताउनु भएको थियो । साथै उहाँले आदिवासी जनजातिहरुको राज्य प्रतिको आन्दोलन जारि नै रहेको र सविंधानमै आफ्नो जातिय पहिचानको सुनिस्चितता नहुञ्जेल यो आन्दोलन नरोकिने चेतावनी समेत दिनुभयो ।त्यसैगरी बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष शुक बहादुर गुरुंगले तमुहरुको अधिकार सुनिश्चित गर्न आफुलागि परेको बताउदै स्थानिय सरकारले पनि तमुहरुको महान पर्वमा स्थानिय विदा नदिएको प्रति आपत्ति जनाउनु भएको थियो ।
दाउन्नेदेवी सुर्यनगर तमु समाज बर्दघाट १६ का अध्यक्ष बहादुर गुरुंगको अध्यक्षता एवं तमु ह्युल छोजधि गुरुंग राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष नर बहादुर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष देवराज चौधरी, तमु ह्युल छोजधि गुरुंग राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष पुरन लेंगी तमु, प्याब्सन नवलपरासीका वरिष्ट उपाध्यक्ष राधेरमण पाण्डे, दाउन्नेदेवी खानेपानी सस्थाका अध्यक्ष सुर्य आले लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कायक्रममा राष्ट्रिय गायक धन बहादुर गुरुंग, गायिका निशा गुरुंग, हास्यकलाकार एवं जादुगर शेर बहादुर गुरुंग लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । परिषदका जिल्ला सचिव एवं कायक्रम संयोजक ईन्द्र बहादुर गुरुंगको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन परिषदका वडा नम्बर १६ सचिव विजय गुरुंग र सर्डेन गुरुंगले गर्नुभएको थियो ।
तिल बोल्दै गुरुंगले राजनितिक आडमा आदिवासी जनजातिहरुलाई प्रयोग गरि केही नेताहरु सत्तामा गएपनि सो स्थानमा पुगेपछी आदिवासी जनजातिलाई पाखा लगाएको आरोप लगाउदै विगतका दिनमा राज्यले दिदै आएको आफुहरुको पर्वहरुमा सरकारले सार्वजनिक विदा कटौती गरेकोमा आक्रोश ब्यक्त गर्नुभयो । साथै उहाँले आदिवासी जनजातिहरुको राज्य प्रतिको आन्दोलन जारि नै रहेको र सविंधानमै आफ्नो जातिय पहिचानको सुनिस्चितता नहुञ्जेल यो आन्दोलन नरोकिने चेतावनी समेत दिनुभयो ।