Holi care school

नवलपरासी पत्रकार महासंघलाई १ लाख सहयोग

40

हरि शर्मा
परासी, १५ असोज
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पश्चिम नवलपरासी जिल्ला शाखालाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । पत्रकार महासंघ जिल्ला शाखाले विभिन्न दैवि प्रकोप र घटनामा परेका पत्रकारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन पत्रकार काल्याणकारी कोष स्थापना गरेको छ । पछिल्लो पटक गत भदौ ११ गते आएको बाढीबाट प्रभावित भएका १९ पत्रकारमध्ये ८ जना अति प्रभावित बनेका छन् । प्रभावित पत्रकारहरुलाई सहयोग पुग्ने उद्देश्यले उक्त रकम अध्यक्ष विपुल पोखरेल शाखा अध्यक्ष हरि शर्मालाई हस्तान्तरण गरेका हुन् ।
शाखाले स्थापना गरेको कोषमा हालसम्म करिब डेढ लाख रुपैयाँ सहयोग उपलब्ध भएको कोषाध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए । कोषमा रकम जम्मा हुने क्रम जारी रहेको शाखाले जनाएको छ । कोषमा रकम सहयोग गर्न चाहाने सहयोगी दाताहरुका लागि शाखाले परासीस्थित प्रभु बैंकमा ०५००१५१९३९५०००११ को खाता खोलेको जनाएको छ