पद र प्रतिष्ठाको लोभमा लाग्नेहरु सच्चा कम्युनिष्ट हुनेै नसक्ने ः पोखरेल
नेकपा एमाले बर्दघाट नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न् ।
कृष्ण ढकाल
बर्दघाट,असोज–९
पद र प्रतिष्ठाको लोभमा लाग्नेहरु सच्चा कम्युनिष्ट हुनेै नसक्ने जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सल्लाहकार खिमलाल पोखरेलले बताउनु भएको छ । नेकपा एमाले बर्दघाट नगर स्तरीय प्रशिक्षण भेलालाई सम्वोधन गर्दै नेता पोखरेलले उक्त कुरा बताउनु भएको हो ।
हरेक टोल÷टोलवाट कार्यकर्ताहरुलाई पार्टीमा संगठीतगर्दै पार्टी मज्बुद गर्ने ब्यक्तिनै नेकपा एमालेको सच्चा सिपाही हुने पोखरेलले बताउनु भएको थियो । उहांले अब सबै नेता कार्यकर्ताहरु कम्मर कसेर नेकपा एमाले पार्टीलाई बज्बुत गर्न लाग्ने बेला आएको बताउनु भएको थियो । पार्टिमा गुटबन्दीको अन्त्यगदै पार्टीलाई समय दिनेहरुलाई पार्टीलेपनि अवसर दिने उहांको धारणा रहेको थियो ।
फरक प्रसंगमा नेता पोखरेलले कम्युनिष्ट ईतिहांसका कुरा गर्दा अहिले आफु र मोहन विक्रम सिंह दुईजना मात्र संस्थापक बांकी रहेको भन्दै संस्थापन काल देखि हाल सम्मको राजनितिक घट्नाक्रमका वारेमा जनाकारी गराउनु भएको थियो ।
त्यसैगरी लुम्बिनी प्रदेश कमीटीका सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले गुट उपगुट र कुन्ठाले नेकपा एमाले पार्टिवाट केही चोईटियर गएको बताउनु भएको थियो । अहिले जनादेश रहित परमादेशवाट आएको सरकारवाट कुनै कुराको आश गर्नु निरर्थ रहने बताउनु भएको थियो । अहिले नेकपा एमालेवाट चोईतिएर गएकोपार्टी केन्द्र देखि स्थानिय सम्म आउदा सोलि जस्तो पार्टी भएको र एमालेसंग प्रर्तिस्पर्धा गर्नसक्ने कुनै पार्टि नरहेको नेता अधिकारीको भनाई रहेको थियो ।
त्यस्तै नेकपा एमाले स्कूल विभागका केन्द्रिय कमिटिका सदस्य बद्री खनालले नेकपा माओवादीमा जनाधारको स्पेस नभएका कारणले एमालेसंग मिलेको तर पद र प्रतिष्ठालेगर्दा अलग भयको धारण राख्नु भएको थियो । उहांले अब जनतामा आधारित पार्टि बनाएर अघिबढ्न आग्रह गर्नु भएको थियो । त्यसैगरी वर्ग रहदा सम्म वर्गीय राजनिति रहिरहने भएकाले जनवादी क्रान्ति पुरागरि अब आर्थिक तथा सामाजिक क्रान्ति पुरागर्नु पर्ने धारण राख्नु भएको थियो । नेकपा एमालेको जबजको काम बाँकि नै रहेकाले त्यसको उद्धेश्य पुरा गर्नु पर्ने एउटा काम बाबाकी नै रहेको उहांको भनाई थियो ।
नेकपा एमाले बर्दघाट नगर कमीटीका कार्य बहाक अध्यक्ष लक्ष्मी वर्तौलाको अध्यक्षता र जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सल्लाहकार खिमलाल पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेम संघकी प्रदेश कमीटी सदस्य तथा बर्दघाट नगरपालिकाकी उप प्रमुख माया पौडेल, अनेम संघकी जिल्ला अध्यक्ष तथा जिल्ला कमिटि सदस्य राधा ढकाल जिल्ला कमिटि सदस्य पुण्य पौडेल,सुवास जि.सी. एकदेव पाण्डे,डिलाराम चालीसे,राजबहादुर पाण्डे,रामु अर्याल,प्रितम पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
नगर कमिटिका देविदत्त सापकोटाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन कृष्ण गौतमले गर्नुृ भएको थियो ।