Sarawal sit lahar Notis

अखिल (क्रान्तिकारी) विप्लप समुह नवलपरासीको संयोजमा सन्देश

33

बर्दघाट २९ भदौ
अखिल (क्रान्तिकारी) विप्लप समुह नवलपरासीको बिस्तारित बैंठक सम्पन्न भएको छ। बिस्तारित बैठकले सन्देश सापकोटाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको जनाएको छ ।

बिस्तारित बैठकको संचालन संगठनका संयोजक सन्देशले गर्नु भएको र कार्यक्रमको प्रमुख अथितीमा नेकपा नवलपरासी सचीव धिरज रहनु भएको बताईएको छ । सोक्रममा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक एवं २२औं राष्ट्रिय सम्मेलन सदस्य विरेन्द्र बिक,नेकपाका जिल्ला सदस्य एवं बर्दघाट इन्जार्च प्रताप,सरावल इन्चार्ज अनिल,जनपत्रकार संगठनका प्रदिप पाठक लगायत विद्यार्थी नेताकार्यकर्ताहरुको उपस्थिति रहेको बताईएको छ ।
प्रमुख अतिथि एवं नेकपा नवलपरासीका सचीव धिरजले विद्यार्थी हरेक क्षेत्रमा सफल एवं ऐतिहासिक बन्नुपर्ने बताउदै विधार्थीलाई वैज्ञानिक समाजवादको व्यवस्था बारे बताउनु भयो।बैज्ञानिक समाजवादको नेतृत्वदायित्व भुमिका विधार्थीहरुको काधमा भएकोले समाज र बिधालयका भएका विभेदकारी शिक्षा बारे विद्यार्थीलाई बुझाउदै राज्यका शिक्षानिति परिवर्तनको भुमिका खेल्दै बैज्ञानिक शिक्षाका लागि पार्टीको भुमिकाबारे प्रष्ट पार्नु भएको बताईएको छ ।
अहिले विदेश पलायन गराउने शिक्षा निति रहेकोले परिवर्तन गर्दै प्राविधिक एवं व्यवहारीक शिक्षानै बैज्ञानिक समाजवादि व्यवस्थाले ल्याउनु पर्ने भन्दै विद्यार्थी आन्दोलन र पार्टी आन्दोलनमा लामबद्द भइ अगाडि बढ्न पर्ने बेला आएको बताउदै समाजमा हुने सामाजिक विकृतिलाई सर्घष गर्नुपर्ने कुरामा विषेश जोड दिएको अखिल९क्रान्तिकारी० विप्लप समुहका विद्यार्थीनेता सन्देश सापकोटाले बताएका छन् ।