Holi care school

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बर्दघाटमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न् ।

136

कृष्ण ढकाल
बर्दघाट,भदौं–२२
अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नवलपरासीको बर्दघाट नगरपालिकाले वत्तृत्वकला प्रतियोगिता सम्पन्न् गरेको छ । नगरका संस्थागत तथा सामुदायिक विद्यालयहरुको कक्ष्ाँ ९ र १० का अध्ययन गर्ने बिद्यार्थीहरुलाई लक्षीतगरी आयोजना गरीएको उक्त वत्तृmत्वकला प्रतियोगितामा नगरका ७ वटा विद्यालयहरुले मात्र सहभागिता जनाएका थिए ।

नगरपालिकाको सभाहलमा भएको विद्यालय शिक्ष्ाँको गुणस्तर अभिबृद्धिमा स्थानिय तहको भूमिका विषयक वत्तृmत्वकला प्रतियोगितामा दिब्य ज्योती माबि चिसापानीकी छात्रा सफलता पोख्रेल ले ५७.६६ नम्वर प्राप्तगरी प्रर्थम हुन सफल भएकी छन् भने डेबिज मावि बर्दघाटकी नेहा क्ष्ँेत्रीले ५७ नम्बर प्राप्तगरी द्धितिय भएकी छन् । त्यस्तै शान्ति निकुञ्ज मावि पाल्डांडाकीश्रेया बरालले ४९ नम्वर प्राप्तगरी तृतिय भएकीछन् ।

प्रतियोगितामा प्रथम,द्धितिय तथा तृतियहुनेलाई आयोजक बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले क्रमशः ४ हजार ,३ हजार र २ हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरेको थियो ।
प्रतियोगिताको निर्णायकमा शिक्षा अधिकृत गोविन्द शर्मा,बुटवल बहुमुखी क्याम्पसका उप प्रध्यापक शेषकान्त पौडेल र महाकवि देवकोटा मावि सुनवलका शिक्षक ध्रुबराज घिमिरे रहनु भएको थियो ।
बर्दघाट नगरभित्र १५ वटा संस्थागत र ११ वटा सामुदायिक गरी २६ वटा माबिहरु रहेका छन् ।

बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका धनपति पौडेलको संचालनमा भएको प्रतियोगिताको कार्यक्रममा बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल,प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य, शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख ईन्द्र बहादुर कुवंर लगाएतको उपस्थिती रहेको थियो ।