परासी, १८ भदौ
नेपाल बाल संगठन (बालमन्दिर) पश्चिम नवलपरासीले यस वर्षको राष्ट्रिय बाल दिवसमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । बाल संगठन जिल्ला कार्य समितिको आज परासीस्थित कार्यालयमा सम्पन्न बैठकले आगामी भदौ २९ गते बाल दिवसको दिन जिल्ला व्यापि मावि स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण र बालबालिकाको भोगाई शीर्षकमा बालमन्दिर परासीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको नेपाल बाल संगठनका जिल्ला सभापति पृतम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद तथा शील्ड प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागि हुनेले यही भदौ २८ गते भित्र नाम दर्ता गराईसक्नुपर्ने उक्त कार्यक्रमका संयोजक एवं बाल संगठनका जिल्ला उपसभापति दीपक कुमार गैरेले बताउनुभयो । कक्षा नौदेखि १२ सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्छन् ।
प्रतियोगिता अन्र्तगत तोकिएको शीर्षकमा विद्यार्थी स्वयम्ले कविता लेखन गरी बालदिवसको दिन हुने कार्यक्रममा वाचन गर्नुपर्ने नेपाल बाल संगठन पश्चिम नवलपरासीका सचिव मोहन पौडेलले बताउनुभयो ।