sunwal

संसदीय ब्यवस्थाको बिकल्प खोज्नु पर्ने भएको छ ः जिल्ला सेक्रेटरी

74

बर्दघाट,भाद्र –१७

नेकपा -क्रान्तिकारी माओवादी – बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत दिब्यनगर एवं शान्तिनगर टोलको संयुक्त भेला सम्पन्न गरेको छ । बिहिवार सम्पन्न भेलाले मुक्तमाया महतो ,निताुको नेतृत्वमा ९ सदस्सिय सम्युक्त टोल समिति गठन गरेको हो ।
क्रान्तिकारी माओवादी बर्दघाट नगर सह,सेक्रेटरी आकाशका अनुसार टोल समितिमा कृष्ण ,दिपा, मुना, नरबहादुर, तारा,सन्सार लगायत चयन हुनुभएको छ । टोल–टोलमा पार्टीको प्रारम्भिक -सेल- समिति जनबर्गिय सङगठन एवं मोर्चा गठन कार्य तिब्र बनाइएको उहाँले जानकारी दिनुभयो ।
भेलामा प्रमुख अतिथि सो पार्टीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेलले संसदीय ब्यवस्थाको बिकल्प खोज्नु पर्नेमा जोड दिदै अब त्यसले पहल पार्टीले गर्ने बताउनुभयो । कार्यक्रमा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश सम्योजक रवि पान्डेयले श्रमजिबि जनताको हरेक न्यायिक आन्दोलनमा पत्रकारहरुको साथ रहने बताउनु भयो ।
क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले दलाली भ्रष्टाचारि कमिशनखोरीका विरुद्ध पार्टीले आन्दोलन छेड्ने दाबी गर्नुभयो । कार्यक्रममा सहभागीहरुले देशमा आमूल परिवर्तन भए पनि बिकृति बिसङगति र महङ्गि वृद्धि उस्तै रहेको र जनताले निकै सास्ती पाएका बिसयमा पार्टीले आवाज उठाउनु पर्ने बताएका थिए ।
युवा बिद्यार्थी समहिला समजदुरस किसानस दलित र जनजातिको मागलाई पार्टीले विशेष ध्यान दिनुपर्ने उनिहरुले सुझाव दिएका थिए । कार्यक्रममा स्थानीय युवा सन्तोष बिकले पार्टीले गाउँ गाउमा अभियान ल्याएकोमा आफुहरुलाई खुसी लागेको बताउदै असमनताको विरुद्ध उठ्ने हरेक आन्दोलनलाई युवाहरुले साथ दिने बताउनुभयो ।
कार्यक्रम क्रान्तिकारी माओवादीका नगर सदस्य मुक्तमाया महतोको अध्यक्षतामा भएको थियो ।