Holi asnjal makar GURU

बाढी प्रभावितहरुको अनुगमन र राहत वितरणकार्य जारी

76

कृष्ण ढकाल
बर्दघाट,भदौं–१५
३ दिनसम्म परेको पानीका कारण आएको बाढीवाट प्रभावित भएका नवलपरासी जिल्लाका पत्रकारहरुको अवस्था बुझन केन्द्र र प्रदेशको एक टोली आज नवलपरासी आएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी, लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी,महासचिव विक्रम खड्का सहितको टोलिआज नवलपरासी आएको हो ।

टोलीले बाढीबाट प्रभावित परासीका पत्रकारहरुसंग भेटघाटगरी फर्कीएको छ । नवलपरासीमा बाढीबाट प्रभावित हुने पत्रकारहरुको संख्या १४ जना रहेको छ भने त्यसमा ७ जना अति प्रभावित रहेका छन् ।

त्यसैगरी नवलपरासी उद्योग वाणिय संघले पनि जिल्लामा बाढीवाट प्रभावित ठुला,मझौला,साना,लघु,घरेलु उद्योग तथा विभिन्न बजार केन्द्रका पसल व्यवसायहरूको स्थलगत निरिक्षण गरेको छ ।
संघका अध्यक्ष केशव प्रसाद भण्डारीको नेतृत्वमा संघका पदाधिकारी एवं का.स.सदस्य सहितको टोेलिले स्थलगत निरिक्षण गरेको थियो । निरिक्षणको क्रममा बाढीबाट भएको क्षति तथा विमा भए, नभएको विवरण संकलन गर्ने कार्य समेत गरेको नवलपरासी उद्योग वाणिय संघका अध्यक्ष केशव प्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।

उहांले विमा भएकालाई प्रकृया पुरयाई यथा सिघ्र क्षतिपूर्ति दिने व्यवस्था मिलाउनका लागि संघले सम्बन्धित विमा कम्पनीमा संघद्वारा पहल गरिने जानकारी दिनु भयो ।

यता
नवलपरासीको प्रतापपुर गाउँपालिकाले आज आफ्ना बाढी प्रभावितहरुलाई राहत वितरण गरेको छ । प्रतापपुर गाउँपालिका वार्ड नं २ सोनबर्षा गाउँमा गाउँपालिका अध्यक्ष अन्जु चौधरी मार्फत राहत बितरण गरिएको थियो । बाढिबाट प्रभावित भएकाहरुलाई तत्कालका लागि राहत स्वरुप खाद्यान्न वितरण गरीएको गाउँपालिका अध्यक्ष अन्जु चौधरीले बताउनु भएको छ ।
उता
रुपन्देहीको देवदह नगरपालिका क्षेत्रमा पनि पूर्व मन्त्री र द्धय प्रदेश सभा सदस्यले बाढी प्रभावितक्षेत्र तथा जनताहरुसंग भेटघाट तथा स्थलगत निरिक्षण गर्नु भएको छ ।
संघिय सांसद छबिलाल विश्वकर्मा , प्रदेश शभा साम्सद , डा कृष्ण न्यौपाने र प्रदेश शभा सदस्य दधिराम न्यौपानेको टोलीले आज बाढी प्रभावितक्षेत्र तथा जनताहरुसंग भेटघाट तथा स्थलगत निरिक्षण गर्नु भएको थियो ।
अनुगमन तथा निरिक्षणका क्रममा देवदह नगरपालिकाको केरबानी खोला नियन्त्रणका लागि देवदह नगरपालिका एक्लोको प्रयासमा नहुने भन्दै केन्द्र र प्रदेशले सहयोग गर्न देबदह नगर उप प्रमूख विद्यालक्ष्मी गुरुङले आग्रह गर्नु भएको थियो भने संघिय सांसद छबिलाल विश्वकर्माले स्थलगत अध्ययन पश्चात आ–आफ्नो तह र तप्का बाट उचित सहयोग गर्ने बचनबद्धता सहित डि .पि. आर .सहितको नगरपालिको सिफारिस माग गर्नुभएको थियो।

अनुगमन तथा निरिक्षणमा ने क पा एमाले देवदह नगर कमिटि अध्यक्ष प्रकाश अर्याल, जिल्ला कमिटि सदस्य ऋषीराम सापकोटा ,क्षेत्रीय संयोजक यज्ञ गैरे लगायतको टोलिले स्थलगत अवलोकन गर्नुभएको छ ।