बर्दघाट,साउन–२३
पश्चिम नवलपरासीको बर्दघाट ९ भुताहामा अवस्थित बिशाल बहुउदेशिय सहकारी संस्था लि. को ५ औ सेवा केन्द्रको शनिबार बर्दघाट–७,जिमिरेभारमा कार्यालय समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विनोद खनालको अध्यक्षता, संविधानसभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यता तथा जिल्ला ससहकारी संघ नवलपरासीका उपाध्यक्ष बृहस्पति अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनाल ले सहकारीहरुले कृषि क्षेत्रमा लगानी गर्दै कृषिको प्रबद्र्धनमा टेवा पुरयााउनु पर्ने बताउदै सहकारीले आफ्ना शेयर सदस्यहरुलाई आम्दानी तर्फ जोड्न दिनु भएको थियो ।
उहांले उत्पादनशिल आयमुलक कार्यक्रममा लगानी गर्नुपर्ने र समाजमा न्युन आय भएका सदस्यहरुको जिविकोपार्जनका लागी उनिहरुको उत्पादनलाई बजारीकरणका लागी सहकारीले भुमिका खेल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ का उपाध्यक्ष बृहस्पति अधिकारी, बर्दघाट नगरपालिका वडा नं. ७ का वाडध्यक्ष धु्रब थारु , बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, जिमिरेभार बजार विकास समितिका अध्यक्ष नरेन्द्र थापा , क्युपेक नेपाल जिमिरेभारका अध्यक्ष होम बहादुर गाहा लगायतले मन्तव्य राख्नु भएको थियो ।
केन्द्रिय कार्यालय बर्दघाट ९ भुताहामा रहेको बिशाल सहकारी संस्थाको यस अगावै बर्दघाट ४ बर्दघाट , बर्दघाट १२ भटौलिया , बर्दघाट १६ दाउन्नेदेवी मा सेवा केन्द्र स्थापना गरी सेवा दिईरहेको छ भने ५ औ सेवा केन्द्रको रुपमा जिमिरेभारमा कार्यलय स्थापना भएको संस्थाका अध्यक्ष विनोद खानलले जानकारी दिनुभयो ।
कुल ४ हजार ६ सय ४९ जना शेयर सदस्य रहेको सहकारीमा १ करोड ८७ लाख ८ हजार शेयर पुजि रहेको छ भने २१ करोड १९ लाख ६६ हजार बचत रकम र ८४ लाख ९५ हजार कोष रकम रहेको सहकारीले २७ करोड ५० लाख २२ हजार १ सय ६१ कर्जा लगानी गरी कुल संस्थाको वासलात ३२ करोड ५६ लाख ५३ हजार ५ सय ८६ रहेको छ ।
संस्थाले प्लास्टिक कप प्रतिस्थापन का लागी कागजको कप उत्पादन गरिरहेको र २ विगाहा ५ कठ्ठमा तरकारी खेती समेत गरिरहेको र सम्पुर्ण सेवा केन्द्रहरुमा दुग्ध संकलन भण्डारण र विक्रि केन्द्र समेत स्थापना गर्ने लक्ष्यका साथ संस्था अगाडी बढेको संस्थाका सचिव प्रेम अधिकारीले जानकारी दिनुभयो ।