sunwal

नेपाली नागरीकताको प्रमाण पत्रको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

141

गौरीशंकर जयसवाल
परासी २२ साउन
जन्मको आधारमा नेपाली नागरीकता पाएकाहरुको सन्तानहरूलाई पनि नेपाली नागकरिताको प्रमाण पत्र दिनुपर्ने नवलपरासीका युवाहरूले माग गरेका छन । उनिहरूले जन्मको आधारमा नागरीकता पाएकाहरुका सन्तानहरूलाई नेपाली नागरिकता नहुदा लखौ युवाको भविष्य अध्यारोमा रहेको भन्दै नेपाली नागरिकता पाउनुपर्ने माग गर्दै युवा संघर्ष समति नवलपरासीले गृहमन्त्रीलाई ज्ञापन पत्र बु्झाएको छ ।

नेपाली नागरिकता नहुदाँ नेपाली युवा उच्च शिक्षा हासिल गर्न, बैकिंग कारोबार गर्न, सरकारी तथा गैर सरकारी नोकरीको लागी पनि आवश्यक परिरहने आफुहरु मृतक समान बस्न बध्य भएको भन्दै संघर्ष समितिले निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

उनीहरुले नेपाली नागकरिताको प्रमाण पत्र अविलम्ब उपलब्ध गराउन आग्रह गरेका छन् । संघर्ष समितिका संयोजक राकेश चन्द्र ठाकुर द्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझाउने क्रममा संघर्ष समितिका सहसयोजक सुशिल गौड, सदस्यहरु सुर्यभान कहार, सोनु प्रसाद सहानी लगाएतको उपस्थिती रहेको थियो ।