कृष्ण ढकाल
बर्दघाट,असार–२७
बर्दघाट नगरपालिकाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको लागि दोस्रो चरणको आधारभूत तालीम शनिवार सम्पन्न् भएको छ ।
असार १८ गतेवाट शुरु भएको उक्त तालीम शनिवार अर्थात असरा २६ गते समापन भएको छ ।
बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेयालको प्रमुख आतिथ्यता र जनस्वास्थ्य कार्यालय नवलपरासीका निमित्य कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलको अध्यक्षतामा सो तालीमको औपचारीक समापन गरीएको थियो ।
गत चैत्रको ३ गते देखि ११ गते सम्म पहिलो चरणको आधारभूत तालीम लिएका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई मात्र देसा्रे चरणको तालीममा सहभागी गराईएको बर्दघाट नगरपालिकाका जनस्वास्थ्य अधिकृत होमनाथ पाण्डेले बताउनु भएको छ ।
शनिवार भएको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृतहरु समेत उपस्थिती रहेको थियो । बर्दघाट नगरपालिका क्षेत्रमा ४५ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु रहेकोमा २० जनालाई उक्त तालीममा सहभागि गराईएको थियो ।