sunwal

२ बर्ष भित्रमा एक घर एक धारा घोषणा गर्नेगरी नगरसरकार अघिबढेको छ ः नगरप्रमुख श्रेष्ठ

469

कृष्ण ढकाल
बर्दघाट,बैशाख–९
बर्दघाट नगरलाई २ बर्ष भित्रमा एक घर एक धारा घोषणा गर्ने गरी नगर सरकार अघिबढेको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । बर्दघाट प्रेस क्लबको आयोजनामा भएको बर्दघाट नगरको एक घर एक धारा अभियान विषयक संवाद गोष्ठीमा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

अहिले सम्म बर्दघाट नगरका ७० प्रतिशत घरहरुमा खानेपानीका धाराहरु जडान भैसकेको बताउदै आगामी २ बर्ष भित्र नगरका सबै घरघुरीहरुमा धारा जडान गर्नेगरी ब्यवस्थापन मिलाएर अघिबढ्न नगरका सबै खानेपानी संस्थाहरुलाई निर्देशनगर्नु भएको थियो ।

नगरका १२ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुका अध्यक्ष,उपाध्यक्ष,सचिव तथा ब्यवस्थापकहरु, नगरका फोकल प्रर्सन,खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला अध्यक्ष,खानेपानी तथा सरसफाई कार्यालय,नवलपरासीका प्रतिनिधि लगाएत पत्रकारहरु सहभागि रहेको द्धिदिवसीय संवाद गोष्ठीमा बोल्दै नगर प्रमुख श्रेष्ठले सबै मिलेर बर्दघाट नगरलाई २ बर्ष भित्रमा एक घर एक धारा घोषणा गर्ने गरी लाग्न अपिल समेत गर्नु भएको थियो ।

बैशाख ७ र ८ गते बर्दघाट खानेपानी संस्थाको सभाहलमा आयोजित उक्त संवाद गोष्ठीमा बोल्दै नगर प्रमुख श्रेष्ठले कुनै खानेपानी संस्थालाई पाईप विस्तारमा आर्थिक समस्या भए असार सम्म नगरमा आएर त्यसको लागत स्टिमेट पेश गर्न खानेपानी संस्थाहरुलाई आग्रह गर्नु भएको थियो । अहिले नगरले ६० देखि ७० लाख रकम खानेपानीको क्षेत्रमा लगाएको दावीगर्दै आगामि वजेटमा नगरका ९ वटा संस्थाहरुलाई प्रदेशवाट विषेश बजेट माग गरेको समेत जानकारी गराउनु भएको थियो ।
त्यसैगरी बर्दघाट नगर सरकारले नगरका खानेपानी संस्थाहरु सञ्चालन तथा ब्यवस्थापनका लागि कार्यविधि बनाएर हरेक तीन तीन महिनामा बैठक वस्ने गरेको बताउनु भयो ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)को अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,प्रमुख प्रसाशकिय अधिकृत प्रकाश खनाल लगाएतको उपस्थिती रहेको थियो ।

बर्दघाट प्रेस क्लबका सदस्य मुक्ति तिवारीको स्वागत मन्तब्य र सदस्य बिष्णु खनालको सञ्चालन रहेको कार्यक्रममा खानेपानी सुरक्षा योजना लुम्बिनी प्रदेशका विज्ञ प्रशिक्षक खिमलाल पाण्डेले खानोपनीको सुरक्षा योजना , भण्डारण र वितरणका वारेमा सहजीकरण गर्नु भएको थियो भने शहरी विकास तथा खानेपानी मन्त्रालय अन्र्तगतको खानेपानी तथा सरसफाई कार्यालय रुपन्देहीका सरसफाई विज्ञ ईश्वरी प्रसाद आचार्यले शुन्य फोहर अभियानका सहजीकरण गर्नु भएको थियो ।