कृष्ण ढकाल
बर्दघाट,बैशाख–६
दाउन्नेदेवि मा.बि.का शिक्षकहरू आन्दोलनमा गैरहेका वेला यता व्यवस्थापन समितिले भने विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु गर्ने भएकोे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बस्यालले विद्यालयको आन्तरिक स्रोतमा कार्यरत सम्पूर्ण शिक्षक एवं कर्मचारीहरुलाई खटाएर विद्यालयमा भर्ना अभियान शुरु गर्न लागेको बताउनु भएको छ ।
देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा गैरहदा यता शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान रोकिएको छ । आन्दोलनरत शिक्षकहरूले विद्यार्थी भर्ना अभियान रोक्न उर्दी नै जारी गरेर सबै शिक्षक कर्मचारीहरुलाई आन्दोलनमा सहभागि हुन उर्दी जारी गरीरहेका बेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्यालको टोलिले विद्यार्थी भर्ना अभियानलाई अगाडि बढाएको जानकारी गराउनु भएको छ । । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बस्यालले विद्यालयको आन्तरीक ग्रुपमा एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना अभियान कार्यक्रम अघि बढाउन निर्देशन दिनु भएको गाउँले दर्पण अनलाईनलाई बताउनु भएको छ ।
बस्यालका अनुसार वैशाख ७ गतेदेखि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म विद्यार्थी भर्ना कार्यक्रम सुचारु हुने ५ । अध्यक्ष बस्यालले शिक्षकहरूले भर्ना नगर्ने उर्दीबाट अभिभावक तथा विद्यार्थीहरू बिचलित नहुन आग्रह गर्दै शिक्षकहरू आन्दोलन गरिरहेपनि आफुहरूले भर्ना अभियान अघि बढाईरहने बताउनु भयो ।