sunwal

जरायो मारेको आरोपमा पट्खौलीका ४ जना प्रहरी नियन्त्रणमा

612

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२९
नवलपरासीको सरावल २ पट्खौलीबाट जरायो मारेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । आज विहान करिब ७ बजेको समयमा सरावल २ पट्खौलीका लोक बहादुर थारुको घर आगनमा मारीएको रक्ताम्मे अवस्थाको जरायो भेटिएपछि बासाबसही प्रहरी चौकीवाट खटेको प्रहरीको टोलिले ४ जनालाई नियन्त्रणमा लिएको थियो ।
नेपाल प्रहरी र डिभिजन वन कार्यालय परासीको सयुक्त टोलीले सरावल २ पट्खौली बस्ने लोक बहादुर चौधरी, सोही ठाउ बस्ने विर बहादुर चौधरी, प्रदिप चौधरी र सेवी थारुलाई पक्राउ गरेको छ । ५ फिट ३ ईन्च अग्लो रहेको जरायो जंगलबाट रातीको समयमा गाउा छिरेको र भाग्ने क्रममा थाकेको अवस्थामा रहेको जरायो कसैले मारेको हो वाआफै मरेको भन्ने पुष्ठी गर्न अनुसन्धानबाट खुल्ने डिभीजन वन कार्यालय नवलपरासीका वन अधिकृत मुसाफिर भगतले जानकारी दिनुभएको छ ।
शंकास्पद रुपमा पक्राउ परेकाहरु लाई थप अनुसन्धानका लागी डिभिजन वन कार्यालय परासी पठाइएको प्रहरीले जनाएको छ ।