sunwal

सुचना केन्द्रका रुपमा जिल्ला समन्वय समितिलाई विकास गर्नु पर्छ ः दोर्ण बहादुर खत्री

495

कृष्ण ढकाल
परासी,चैत्र–२९
हरेक जिल्ला भित्रका सबै कार्यालयहरुको सुचना केन्द्रका रुपमा जिल्ला समन्वय समितिलाई विकास गर्नु पर्ने जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दोर्ण बहादुर खत्रीले बताउनुु भएको छ ।
आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा भएको जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशको बैठकमा बोल्दै अध्यक्ष खत्रीले उक्त कुरा बताउनु भएको हो ।
जिल्ला समन्वय समिति आवश्यक छ वा छैन भन्ने वहस भैरहेका बेला जिल्ला समन्वय समितिको महत्व र त्यसको कामका वारेमा प्रष्टहुन नसक्दा बुझाइमा समस्या आउने गरेको उहाँको भनाई रहेको थियो ।
जिल्ला समन्वय समिति विकासे अड्डा नभै स्थानिय तह र जिल्लाका सम्वन्धित कार्यालयहरुलाई समन्वय गर्ने , प्रदेश र संघका योजनाहरु अनुगमन गर्ने प्रतिवेदन तयारी गरी पेश गर्ने निकाय हो भन्ने कुरा बुझाउन नसक्दा समस्या आउने गरेको खत्रीले बताउनु भयो ।

महासंघका अध्यक्ष दोर्ण बहादुर खत्रीको अध्यक्षतामा आज परासीमा भएको बैठकले प्रदेश सुशासन केन्द्रद्धारा आयोजना गरीने तालिममा जिल्ला समन्वय अधिकारी र जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेश महासंघका सदस्यहरुलाई सहभागि गराउने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश सरकारले बनाउन लागेको ऐनमा जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेसले पठाएका सुझाबहरुलाई समावेश गर्न पहल गर्ने निर्णय गरीएको बैठकमा सहभागि जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगौति प्रसाद यादव (रुदल) ले जानकारी दिनु भएको छ ।
लुम्बिनी प्रदेशको बर्दिया जिल्लाको ठाकुर बाबा गाउँपालिकाको सिमा क्षेत्रमा वन्यजन्तुले आतंन्कित बनाएको र बाघले मान्छे मार्नेक्रम बढ्न थालेकाले उक्त कार्य रोक्न सो क्षेत्रमा तत्काल कंक्रिट वाल लगाउन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय समेत गरीएको जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दोर्ण बहादुर खत्रीले बताउनु भएको छ ।

संघ र प्रदेशका योजनाहरु अनुगमन गर्ने र प्रतिवेदन तयारी गरी रिपोर्टिङ गर्ने कार्य गर्दै आएको जिससलाई प्रदेश सरकारले बार्षिक ५ लाख रकम विनियोजन गर्ने गरेको छ । तर बैठकमा सहभागि सबै जिल्लाका जिसस प्रमुखहरुले उक्त रकम अपुग हुने गरेको बैठकमा गुनासो गरेका थिए ।
त्यस्तै छिमेकी पालिकाहरुसंग एकरुपता कायम नगरी खोलाजन्य वस्तुको निकासी गर्दा समस्या आउने गरेको बर्दिया जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर विष्ठले गुनासो गर्नु भएको थियो ।
बैठक पश्चात जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौति प्रसाद यादवले सबै टोलिलाई गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपको अवलोकन गराउनु भएको थियो ।