sunwal

१ सय २५ जना सशस्त्र प्रहरी जवानहरु दिक्षीत – gaunleradpan

499

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२७

सशस्त्र प्रहरी बल ,नेपाल सीमा सुरक्षा तालिम शिक्षालय ,बर्दघाट,नवलपरासीले १ सय २५ जना सशस्त्र प्रहरी जवानहरुलाई आज दिक्षीत गरी कार्यक्षेत्रमा प्रवेश गराएको छ ।
सि.सं. २३७ (छ) का सशस्त्र प्रहरी जवानहरुको आधारभूत तालिमवाट दिक्षीत भएका प्रहरी जवानहरुले तालिम पाठ्यक्रम अनुसार ४० हप्ताको कार्य विधिमा रहेर दुईचरणमा सैद्धान्तीक र ब्यवहारीक तालिम लिएका थिए ।
१ सय ७० पूर्णाअंकको सैद्धान्तीक र ६ सय ३० पूर्णाअंकको ब्यवहारीक गरी कुल १ हजार ३ सय ४० पूर्णाअंकको परिक्षामा पासभएसंगै आधारभूत तालिमवाट दिक्षीत गरीएको थियो ।

दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि शस्त्र प्रहरी नेपाल बिन्दाबासिनी बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरिक्षक प्रदिप कुमार पालले प्रहरीहरु जनताको करबाट पालिएको बताउदै प्रहरीहरु जनताप्रती बफादार हुनुपर्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी आधारभूत तालिमबाट प्राप्त ज्ञान,शिप ,कला र कौशलताले प्रशिक्षार्थीहरुको ब्यवसायीक दक्षतामा अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा गएपछि आइपर्ने बिभिन्न जिम्मेवारी तथा चुनौतीहरुको सामना गर्न सक्षम हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।
जिल्लाका प्रदेश र स्थानिय तहका जनप्रतिनिधि, बिभिन्न कार्यालयहरुका प्रमुखहरु र सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ,सशस्त्र प्रहरी जवानहरुका अभिभावकहरु लगाएतको उक्त दिक्षान्त समारोहमा उपस्थिती रहेको थियो ।