कृष्ण ढकाल
बर्दघाट,चैत्र–२३
बुटवल–नारयणगढ राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा यातायातका सवारी साधनहरुलाई निक्कै सास्ती भएपछि दिंउसो ४ घण्टा सवारी साधन रोकेर सडक मर्मत कार्यका गर्ने निर्णय गरीएको छ ।
नवलपुर र पश्चिम नवलपरासी जिल्लाका प्रमुखहरुको दाउन्नेमा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
नवलपुर जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम वि.क.को अध्यतामा बसेको बैठकले बर्दघाट देखि दुम्किवास सम्मको १३ किलो मिटर दाउन्ने क्षेत्रको राजमार्गको यात्रा सहज बनाउनका लागि तत्काल चैत्र २७ गते देखि ३१ गते सम्म दिनको ११ बजे देखि ३ बजे दिउसो सम्म यातायात बन्द गरेर सडक मर्मत कार्यका गर्ने निर्णय गरीएको जिल्ला समन्वय समितिका पश्चिम नवलपरासीका अध्यक्ष भगौति प्रसाद यादव( रुदल) ले बताउनु भएको छ ।
त्यसैगरी सडक स्तरोउन्नतीका लागि सडक कटिङ्ग गर्नका लागि बैशाख १ गते देखि १५ गते सम्म राती ११ बजे देखि विहान ५ बजे सम्म अतिआवश्यक बाहेर अन्य यातायातका सवारी साधनहरु रोकेर निर्माण कार्य गर्ने गरी सम्वन्धित निकायसंग हपल गर्ने निर्णय आजको बैठकले गरेको छ ।
बुटवल देखि दाउन्ने सम्मको ४८.५८ किलोमिटर सडक खण्ड (क) अन्र्तगत ३२ किलो मिटर एकतर्फी कालो पत्रे भैसकेको र टोटलमा ६१ प्रतिशत निमार्णको काम सम्पन्न भएको बुटवल–नारयणगढ सडक निमार्ण आयोजना पश्चिम खण्डका आयोजना प्रमुख शसांक मिश्रले बताउनु भएको छ ।
त्यसैगरी दाउन्ने देखि गैडाकोट सम्मको ६४.४२ किलोमिटर खण्ड (ख) अन्र्तगत ५० किलो मिटर एकतर्फी कालो पत्रे भैसकेको र टोटलमा ६१ प्रतिशत निमार्णको काम सम्पन्न भएको बुटवल–नारयणगढ सडक निमार्ण आयोजना पूर्वी खण्डका आयोजना प्रमुख अनुक्षा घिमिरेले बताउनु भएको छ । त्यसै गरी २९ वटा कल्भट मध्ये २१ वटा निर्माण सम्पन्न भएका र ८ वटा निर्माणकै क्रमा रहेको जानकारी गराउनु भयो ।
२०७९ साल साउनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको चाइना स्टेट कर्पाेरेशनले २०७५ साल चैत्र महिनामा शुरु गरेको बुटवल–नारायणगढ सडक निमार्णको काम समयमा सम्पन्न नहुदा यात्रु देखि स्थानीयवासीहरुले निक्कै सास्ती खेप्नु परेको छ ।