बिकास अधिकारी
सोमबार, १७–चैत
संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सत्तारूढ दल नेकपा एमालेले आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रदर्शन गरेको छ । एमाले पार्टी कार्यालयबाट सुरु गणतन्त्रको पक्षमा परासीमा एमालेको जागरण सभा बजार परिक्रमा गरी वुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । राजावादीलाई होसियार रहन चेतावनी दिदै र्यालीमा गणतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो ।
राजावादीहरू सलबलाएको र गणतन्त्रविरूद्ध प्रहार हुन थालेको भन्दै एमालेले र्यालीसहित जागरण सभा गरेको हो । कोणसभालाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य बिमला अर्यालले राजतन्त्र पुर्नस्थापित हुने कुरा असम्भव भएको बताउदै धमिलो पानीमा माछा मार्ने कोसिस नर्गन आग्रह गर्नुभयो । राजावादी शक्तिले अर्थहिन कोसिस गरिरहेको भएपनी गणतन्त्रवादी सबै जनता एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
केन्द्रिय सल्लाहाकार परिषद सदस्य खिमलाल पोखरेलले राजतन्त्रको समय र अहिलको समयमा ठुलो परिर्वतन आएको बताउदै त्यसलाई मुल्याकंन गरेर मात्र जनताले निर्णय लिनुपर्ने बताउनुभयो । एमाले स्कुल विभागका सदस्य बद्रि खनालले रछ्यानमा पुगिसेकेको राजतन्त्रले टाउको उठाउन खोज्नु नेपाली जनताका लागी किमार्थ स्वीकार्य नहुने बताउनुभयो । एमाले प्रदेश कमिटि सदस्य विरेन्द्र यादवले परासी सदरमुकामकै अवस्था हेरर राजतन्त्र र गणतन्त्रको समयको तुलना गर्न सकिने बताउनुभयो । जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले पश्चगमन तर्फ फर्कने कुरा एमालेले कल्पना गर्न नसक्ने बताउदै विकास र सम्वृद्धिको यात्रामा बाधा ल्याउन विभिन्न षडयन्त्र भईरहेकाले गणतन्त्र पक्षधर एक बन्नुपर्नेमा जोड दिनुभयो ।
सभामा एमाले जिल्ला कमिटिका उपाध्यक्ष डोलराज भण्डारी, उपसचिव राजन कुमार आचार्य लगायतले सम्बोधन गर्नुभएको थियो ।