बर्दघाट,चैत्र–१७
सहकारी सस्थाहरुले आफ्नो पुँजी उत्पादनशिलता र आय आर्जनमा नजोड्दा अहिले सहकारीहरु समस्याग्रस्त बनेको राष्ट्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले बताउनु भयो ।सहकारीहरुले उत्पादन आयआर्जन र रोजगारीमुलक कार्यमा लगानी गर्न नसक्दा अधिकांस सहकारी र लघुबित्तहरु डुब्ने अवस्थामा पुगेको पाठकले बताउनु भयो ।
जिल्ला कृषि सहकारी संघ नवलपरासीले बर्दघाटमा आयोजना गरेको आम प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले सहकारीहरुमा ब्यक्तिबादी हैकम बढ्नु र प्रयोजन अनुरुपका क्षेत्रमा लगानी नहुनुले सहकारीहरु समस्याग्रस्त बन्न पुगेको उल्लेख गर्नु भयो ।”अहिले सहकारीहरुमा परिवारबाद छ,ब्यक्तिगत हस्तक्षेप छ,क्षणिक रुपमा फाईदा भएपनी दीर्घकालीन रुपमा त्यो सहकारी चल्दैन”पाठकले भन्नु भयो ।
“शेयर सदस्यहरूले पनि जुन शिर्षकमा पैसा लगेको हो सोही प्रयोजनमा खर्च नगर्दा ॠण लगानी डुब्ने धितो लिलाम हुने अवस्था सम्म पुग्ने गरेको छ,भैंसी पाल्न लगेको पैसाले छोराछोरीको बिहे गरेको छ अनि कसरी हुन्छ?”अध्यक्ष पाठकको भनाई छ ।
केही सहकारी सस्थाहरुले साधारणसभा र अडिट सम्म समयमा नगर्ने हुँदा पारदर्शीतामा समेत प्रश्न खडा भएको उहाँको भनाई छ ।सहकारी सस्थामा आबद्द शेयर सदस्यहरू मालिक हुन सञ्चालक समिती होईनन भन्ने कुरा आम सदस्यहरूलाई बुझाउन सक्नु पर्नेमा अध्यक्ष पाठको जोड रहेको थियो ।
साना किसान कृषि सहकारी सस्थाका संचालक समितिका पदाधिकारी,लेखा सुपरिवेक्षण समिती र कर्मचारीहरुका निम्ति प्रशिक्षण कार्यक्रम राखिएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष देविप्रसाद अधिकारीले जानकारी दिनु भयो ।कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवाला एवम् सेयर सदस्यहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
———–