sunwal

बर्दघाट प्रज्ञा प्रतिष्ठानद्धारा अन्तराष्ट्रिय साहित्य संस्कृति तथा पर्यटन उत्सव शुरु

510

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१६

पश्चिम नवलपरासीमा त्रिदिवसीय अन्तराष्ट्रिय साहित्य संस्कृति तथा पर्यटन महोत्षव एवं पर्या काव्य गोष्ठी सुरु भएको छ ।

बर्दघाट नगर भित्र रहेका ऐतिहासिक ,धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन एवं प्रचार प्रसार गर्ने उद्देश्यले बर्दघाट प्रज्ञा प्रतिष्ठानले अन्तराष्ट्रिय साहित्य संस्कृति तथा पर्यटन उत्सवको आयोजना जनाएको छ ।

शनिवार बर्दघाट नगरपालिकामा औपचारीक उद्घाटन गरेर शुरु गरीएको त्रिदिवसीय पर्यटन उत्सवको पहिलो दिन त्रिनेत्र धाम,बुद्धमंगल ताल,वन देवि र कञ्चनगढी क्षेत्रको अध्ययन अवलोकन गराईएको थियो ।

छिमेकी राष्ट्र भारतको बिभिन्न स्थान देखि सिक्कीम ,पोखरा,तनहु,चितवन,गैडाकोट लगाएतका क्षेत्रबाट आउनुभएका साहित्यकार एवम् कलाकर्मीहरूलाई सोही अवसरमा पवित्र त्रिवेणी मोक्षधामको समेत अध्ययन अवलोकन गराउन लगिएको थियो ।

 

साहित्य महोषबको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगर भित्रका सम्पदाहरूको बारेका अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै यहाँको प्रचार प्रसारमार्फत समग्र नगरलाई चिनाउन साहित्य र सिर्जनामार्फत अतुलनीय योगदान गरेको बताउनु भयो । भौतिक बिकास मात्रै नभइ साहित्य कला र सांस्कृतिक विकासले पनि समाज रूपान्तरण हुने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।

त्यसैगरी बर्दघाट नगरपालिका वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङले बर्दघाट नगरीमा सबैलाई स्वागत रहेको बताउदै सबैले बर्दघाट नगरको प्रचार प्रसारका लागि आफ्नो साहित्यीक कलम चलाउन आग्रह गर्नु भएको थियो ।

साहित्यीक उत्सवमा सहभागी स्रष्टाहरूलाई पहिलो दिन बर्दघाट नगरपालिकामा रहेको धार्मिकस्थल त्रिनेत्रेश्वर धाम,बुद्ध मङ्गल ताल, वनदेवी मन्दिर हुदै १ सय पर्यटकीय गन्तव्य स्थलको सूचिमा सुचिकृत बर्दघाट नगरको वडा नं. ५ मा रहेको कंचनगढी क्षेत्रमा लगाएतको अध्ययन अवलोकन गराईएको छ भने आज दोस्रो दिन आइतबार बर्दघाट–१० मा रहेको सहिद पार्क, बाउन्नघोला सिमसार क्षेत्र र बर्दघाट–४ मा रहेका धार्मिक तथा पर्यटकीय स्थल शिवालय मन्दिरको अध्ययन अवलोकन गराउने कार्यक्रम तय भएको बर्दघाट प्रज्ञा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा।घरश्याम न्यौपाने परिश्रमीले बताउनु भएको छ । त्यसैगरी रामग्राम नगरपालिकामा रहेको बुद्धको एकमात्र अस्तुधातु रहेको रामग्राम स्तूपको समेत अवलोकन गरिने र अन्तिम दिन पर्या काब्यगोष्ठी अन्तर्गत कार्यपत्र प्रस्तुतको कार्यक्रम तयगरीएको कुलपति परिश्रमीले जानकारी दिनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव सरद पौडेलको सञ्चालन र भाषा साहित्य बिभागका संयोजक हुकानाथ आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा उपस्थित भारतीय साहित्यकार एवं स्रष्टाहरूले नेपाल पर्यटनका हिसाबले सुन्दर मुलुक रहेको बताउँदै बर्दघाट नगरको पर्यटन क्षेत्रका वारेमा विभिन्न लेख रचना र सृजना मार्फत प्रचार प्रसारमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपाल भारत बिच आपसी सद्भाव र पृथक् सम्बन्ध रहेको उल्लेख गर्दै उहाँहरूले धर्म सस्कृती र परम्परामा समेत थुप्रै समानता रहेकाले पनि नेपाल प्यारो लाग्ने गरेको बताउनुभयो ।