sunwal

अग्नी नियन्त्रक ग्रुप बनाउन पारिजात सामुदायिक वनलाई सरोकारवालाहरुको सुझाव

पुर्नरुउत्पादन कटान प्लट अनुगमन र अग्नि नियन्त्रण सम्वन्धि छलफल कार्यक्रम सम्पन्न्

372

कृष्ण ढकाल
बर्दघाट,चैत्र–८
पारिजात सामुदायिक वन उपभोक्ता समूह ,बर्दघाट–४,बर्दघाटले पुर्नरुउत्पादन कटान प्लट अनुगमन र अग्नि नियन्त्रण सम्वन्धि छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न् गरेको छ ।
समूहका अध्यक्ष कमानसिंह थापाको अध्यक्षता र बर्दघाट सरावल सव डिभिजन वन कार्यालयका प्रमुख बलराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बर्दघाट नगरका बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु ,बर्दघाट सरावल वन सव डिभिजन कार्यालयका कर्मचारी, बर्दघाट नगरपालिका वन वातावरण फोकल पर्सन र पत्रकारहरु सहितको टोलीलाई आफ्नो वन क्षेत्रमा गरीएको पुर्नरुउत्पादन कटान प्लट अनुगमन गराउनुका साथै अग्नि नियन्त्रण सम्वन्धि छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागि गराएको थियो।

२०७७ सालबाट वैज्ञानिक वन ब्यवस्थापनका नामबाट शुरु गरेको पुर्नरुउत्पादन कटान प्लट अनुगमन को प्रभावसंगै समूहले गरेका कामहरु र त्यसको परिणमका वारेमा स्थलगत जानकारी गराउदै समूहका अध्यक्ष कमान सिंह थापा र पूर्व अध्यक्ष चुडामणी भण्डारीले कामको परिणाम आउन अझै समय लाग्ने बताउनु भएको थियो ।

त्यसैगरी अनुगमन पश्चात भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बर्दघाट सरावल सव डिभिजन वन कार्यालयका प्रमुख बलराम पोखरेले बर्दघाट नगरका अन्य वनभन्दा पारिजात वनले राम्रो कार्य गरेको उल्लेख गर्नु भयो ।

त्यस्तै नेपाली काँन्ग्रेसका नगर सभापति दामोदर जि.सी.,नेकपा एमालेका नगर सचिव चोलाकान्त भट्टराई,रा.प्र.पा.का भोजराज ढकाल,नेकपा माओवादी क्रान्तिकारीका ज्ञान बहादुर,राष्ट्रिय जनमुक्तिका शेरबहादुर थापा लगाएतले वनको संरक्षण गर्न चुनौति रहेको भएपनि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न जरीरहेकोमा जोडदिनु भएको थियो । अहिलेको समयमा वनमा हुने आग्लागीको नियन्त्रणका लागि वन समूहले अग्नि नियन्त्रकहरु तयार गरेर राख्नु पर्नेमा समेत बक्क्ताहरुले जोड दिएका थिए ।

पारिजात सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राजबहादुर पाण्डेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरपालिका वन वातावरणका फोकल पर्सन कृष्ण बहादुर थापाले तयारी अवस्थामा नै रहनेगरी तालिम प्राप्त अग्नी नियन्त्रक ग्रुप बनाएर राख्नु पर्ने सुझाब दिनु भएको थियो । उहााले समूहले वन जंगलमा हुने आग्लागी नियन्त्रणा लागि छुट्टै अग्नी नियन्त्रण कोष खडा गर्नु पर्ने सुझाब दिनु भएको थियो ।

पारिजात सामुदायिक वन उपभोक्ता समूहकी सचिव दिलकुमारी कुंवरको सञ्चालन रहेको कार्यक्रममा वैज्ञानिक वन ब्यवस्थापन समितिका जिल्ला महासचिव चुरामणी भण्डारी,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,वन समूहका निर्वतमान सचिव पशुपति न्यौपाने,पूर्व अध्यक्ष राम भण्डारी लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।