sunwal

दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रङ्गशालामा हुदै

439

बर्दघाट,चैत्र-१

लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रंगशालामा हुने भएको छ ।दोस्रो संस्करणको फुटबल लिग बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित सुर्यनगगर रङ्गशालामा हुने भएको हो ।

लुम्बिनी प्रदेश फुटवल संघको आयोजनामा चैत्र २ गतेदेखी ८ गते सम्म सन्चालन हुने लिगमा ७ टिमको सहभागीता रहने लुम्बिनी प्रदेश फुटबल संघका महासचिव भिमकाजी गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा धम्बोजी क्लव बाके,राईजिङ स्टार सामुदायिक प्रतिष्ठान नवलपरासी,फर्साटिकर युवा क्लव रुपन्देही,न्यु स्टार फुटवल एकेडेमी दाङ,जनजागृती युवा क्लव बर्दिया,न्यु युथ युनियन क्लव पाल्पा,गोल्डेन स्टार युवा क्लव कपिलबस्तु गरि साटवटा जिल्लाका ७ टिम सहभागी हुने भएका हुन ।

फुटवल प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २२ हजार २ सय २२ र द्वितीय हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहने लुम्बिनी फुटवल संघका कोषाध्यक्ष मिग्मा चौधरीले जानकारी दिनु भयो ।