sunwal

भवन समुदघाटन तथा प्रशिक्षण कार्य सम्पन्न

368

कृष्ण ढकाल
बर्दघाट,फागुन–२७
नेपाल आदवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीले आफ्नो नवनिर्मित भवनको समुदघाटन गर्नेकार्य र जनजातीहरुलाई प्रशिक्षण गर्नेकार्य सम्पन्न गरेको छ ।
बर्दघाट–४,देविनगरमा निमार्ण गरीको नवनिर्मित भवनको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले समुद्घाटन गर्नु भएको थियो । नेपाल आदवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीकी अध्यक्ष तारा रानाको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भवनको समुदघाटन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले जनजातीहरुलाई सदैव बर्दघाटमा भेला हुने वातावरण गर्न नयाँ भवनले सहयोग गर्ने बताउदै जनजातीहरु आफ्नो हक र अधिकारसंगै कर्तब्य पालन गर्नका लागि पनि अग्रहसरहुन जरुरी रहेको बताउनु भएको थियो ।
जातीय एकता र सत्भावलाई कायमगर्दै सम्पूर्ण एकल जातीय रितिरिवाज र संस्कारको संरक्षणमा पनि लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

नेपाल आदवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीका सचिव दवान गुरुङको सञ्चालन रहेको कार्यक्रममा परिषद्की कोषाध्यक्ष तिलकुमारी श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रममा जातिय संगठनको तर्फवाट थारु कल्याणकारी समितिका जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी,सातवटै पालिका र जनप्रतिनीहरुको तर्फबाट बर्दघाट नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ध्रुव थारु लगाएतले आफ् आफ्ना भनाईहरु राख्नु भएके थियो ।
कार्यक्रममा अधिवक्ता चुराबहादुर थापाले जनजातीहरुका हक अधिकारका वारेमा कानुनी प्रशिक्षण दिनु भएको थियो।