sunwal

चिसापानी सामुदायिक वन उपभोक्ता समूहको २२औं साधारणसभा सम्पन्न

458

कृष्ण ढकाल
बर्दघाट,फागुन–२२
चिसापानी सामुदायिक वन उपभोक्ता समूह,बर्दघाट–२,चिसापानी को २२औं साधारणसभा सम्पन्न भएको छ।
समूहका अध्यक्ष होमबहादुर गुरुङ्गको अध्यक्षता र बर्दघाट सरावल सव डिभिजन वनका प्रमुख बलराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा बोल्दै प्रमुख अतिथि पोखरेलले बर्दघाट नगरमा दुईवटा वनले खोला(खोल्सी व्यवस्थापन कार्यका लागि निवेदन पेश गरेको बताउनु भएको थियो । स्थानिय विकास निमार्णका लागि सहज होस भन्ने हेतुले आफुले फाईल जिल्लामा पठाएको उहाँको भनाई थियो ।

त्यसैगरी जिल्ला समन्वय समिति सदस्य धनिराम चौधरीले मानव जीवनसँग जोडिएको वनको संरक्षण अत्यावश्यक रहेको बताउनु भयो भने वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले पारदर्शिता अपनाई सामुदायिक वन सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरी र सरावल–५ का अध्यक्ष लक्ष्यमण चौधरीले वन क्षेत्रको हरियाली संरक्षण गर्दै बालउद्यान निर्माण गर्नुपर्ने बताउनु भयो भने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमल परियारले सामुदायिक वनहरु करैकरको च्यापुवामा परेको उल्लेख गर्दैन वनबाट हुने आम्दानीको ४०./. वन संरक्षणमा लगानी गर्नुपर्ने तर बाँकी ६०./. कर तिर्नुपर्ने बाध्यताले सामाजिक कार्य गर्न कठिन भएको बताउनु भयो ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै वैज्ञानिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष यज्ञप्रसाद पाण्डेले कर प्रणालीलाई एकद्वार प्रणाली मार्फत व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । सामुदायिक वनले असार मसान्तमा घाट गद्दीमा रहेको काठ दाउरा आम्दानीमा देखाउने र कर तिर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै उहाले सामुदायिक वनहरु गैर नाफा मुखी रहेकोले बिक्री नभएको काठलाई समेत आम्दानी देखाउने बिषय नितिगत रुपमा नै सुधार गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

चिसापानी सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष इन्दुदेवी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै सुर्य ज्योति युवा क्लबका अध्यक्ष राम भण्डारीले वनले सामाजिक क्षेत्रमा प्राथमिकताका साथ बजेट र कार्यक्रम बनाउनु पर्नेमा जोड दिनु भयो । मातृ संस्थाका रुपमा रहेको क्लबले नै सामुदायिक वन दर्ता गरेको उल्लेख गर्दै वनले कार्यक्रम गर्दा क्लबसंग समन्वय गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो भने उपभोक्ताको रूपमा बोल्दै बलराम भण्डारीले वनको सिमाना निर्धारण र संरक्षणमा गर्नुपर्नेमा जोड दिनु भयो ।

समूहका सदस्य प्रेम भुजेलले सञ्चालन गर्नु भएको कार्यक्रममा दिव्यज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेल, दिव्यज्योति माध्यमिक विद्यालयका अध्यक्ष दिनबन्धु पाण्डे, उपभोक्ता कृष्ण गौढ, संसारकोट हरियाली सामुदायिक वनकी कमला सुवेदी लगाएतले आ–आफ्नो भनाई रहखनु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले वनको संरक्षण,पारदर्शिता, उपभोक्ताको सहभागिता रहनेगरी समुह अघि बढुनु पर्नेमा जोड दिएका थिए ।

साधारणसभामा दिव्यज्योति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत ४३ जना विद्यार्थीलाई झोला वितरण गरिएको थियो भने सामुदायिक वनको विकास तथा संरक्षणमा योगदान दिने यमबहादुर थापा, गणेश बहादुर क्षेत्री, बलराम भण्डारी, धर्मबहादुर पल्ली, कमल परियार र मीनबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो।