फागुन – १६
मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम तीब्र बनाएको छ । शुक्रवार पार्टीको सुनवल नगर संगठन समिति र रामग्राम संगठन समितिले छुट्टाछुट्टै रुपमा सहिद तथा बेपत्ता परिवारका घरदैलोमा कोशेली सहित पुगेर भेटघाट शुरु गरेका हुन् ।
सो अवसरमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले सहिदको सपना पूरा गर्न जनयुद्ध लडेर आएको पंक्ति नलागेर सहिदको अपमान भएको भन्दै गुनासो गरे । कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले क्रान्तिकारीहरु बीच एकता गरेर जनयुद्धका सहिदको सपना पूरा गर्न आफूहरु निरन्तर लागिरहेको उल्लेख गर्दै संसदवादीहरुको कुनै पनि भम्रमा नपर्न आग्रह गर्नुभएको सुनवल नगर संयोजक रवि पुनले जानकारी दिनुभयो । त्यस्तै रामग्रामका बिभिन्न वडामा पार्टीले सहिद तथा बेपत्ता परिवार घरदैलो कार्यक्रम गरेको नेता जय फुल्लाह हसनले बताउनुभयो ।
सप्ताह अन्तरगत सरावलमा पनि सहिद तथा बेपत्ता परिवार भेटघाट गरिएको थियो । पाल्हीनन्दन र केही छुटफुट भएका सहिद परिवार यसै साता भेटघाट गर्ने योजना रहेको पार्टीले जनाएको छ । हरेक बर्ष फागुन १४ देखि २१ गते सम्मलाई सहिद सप्ताहको रुपमा लिने गरिएको छ ।
———-