sunwal

जल,जङ्गल र जमिनको संरक्षण गर्नु सबैको दायित्व हो ः नगर प्रमुख श्रेष्ठ

503

सुनयना चौधरी
बर्दघाट,फागुन–१६
जल,जङ्गल र जमिनको संरक्षण गर्नु सबैको दायित्व रहेको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । बर्दघाट प्रेस क्लबको आयोजनामा गरेको बर्दघाट नगरका सम्पूर्ण सामुदायिक वनसँग सम्वन्धित सरोकारवालाहरु विच वन एक अवसर अनेक विषयक सम्वाद गोष्ठीमा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरभित्रको जल,जङ्गल र जमिन संरक्षण गर्न नगरको पुरै दायित्व र जिम्मेवारी रहेको भएपनि प्रदेश सरकारसँग सहकार्य गरेर नगरअघि बढ्न तयार रहेको धारणा राखनु भएको थियो । उहाँले नगरका सबै सामुदायिक वनसँग सहकार्य गरेर अघि बढ्ने सवालमा बर्दघाट नगर सर्धै तयार रहेको बताउनु भएको थियो ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालको अध्यक्ष्ँता र नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय,वडाध्यक्षहरु,बर्दघाट सरावल सव डिभिवन कार्यलयका प्रतिनिधि,वन तथा पर्यावरण गण,नगपोखरीका प्रमुख हरि बहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघ र वैज्ञानिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष ,बर्दघाट नगरका सामुदायिक वन समुहहरुका पदाधिकारी तथा कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

बर्दघाट प्रेस क्लबका सदस्य मुक्तिनाथ तिवारीको स्वागत मन्तब्य र सचिव प्रकाश न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा वन ,वातावरण तथा पर्यावरण विज्ञ एवं पत्रकार युवराज कंडेलले सहजिकरण गर्नु भएको थियो ।
सहजकर्ता कंडेलको अनुसन्धान अन्ुसार डिभिजन वन कार्यालय नवलपरासीको २०७९/०८० को प्रतिवेदनमा बर्दघाट नगरपालिकामा ३ हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ र जस्मा १८ हजार ३ सय ८८ घरधुरी सम्लग्न रहेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी बर्दघाट नगरबाट १९ वटा सामुदायिक वनहरुले जिल्लामा दर्ता गरेर काम गरेको तथ्याङ्कमा उल्लेख रहेको जानकारी गराउनु भएको थियो ।
अब वनमा रुख काटेर आम्दानी गर्न तर्फ भन्दा पनि वनका प्रवेशगर्दा टिकट काटेर मनोरञ्जन लिने गरी काम गर्न जरुरी रहेको सहजकर्ता कंडेलको धारणा रहेको थियो ।