sunwal

नवौं सूर्यनगर गोल्डकपको उपाधि युनाइटेड वीरगञ्जले हातपार्यो

692

कृष्ण ढकाल
बर्दघाट,फागुन १६
बर्दघाट–१६मा रहेको सूर्यनगर रंगशालामा भएको नवौं सूर्यनगर गोल्डकप–२०८१ को उपाधि युनाइटेड वीरगञ्जले हातपारेको छ । लुम्बिनी प्रदेशकै दोस्रो ठूलो धनराशी पुरस्कार रहेको सूर्यनगर गोल्डकप –२०८१ को उपाधि युनाइटेड वीरगञ्जले हात पार्न सफल भएको छ। आज भएको फाइनल खेलमा बाँसवारी युथ क्लब, काठमाडौं लाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड वीरगञ्जले उपाधि हातपार्न सफल भएको हो ।

खेल शुरुभए देखि नै दुवैपक्षवाट निक्कै आक्रमक प्रतिस्प्रद्र्या भएपनि पहिलो हाप सम्म दुबै टिमवाट कुनै पनि गोल हुन सकेन तर दोस्रो हापको ८३औं मिनेटमा युनाइटेड वीरगञ्जका जर्सी नम्बर ७ का सागर चौधरीले गरेको गोल नै निर्णायक गोल बन्यो।
खेलको शुरुमा युनाईटेललाई दवाव दिईरहेको बाँसवारी युथ क्लबले दोस्रो हाफपछि युनाइटेड वीरगञ्जको दवाव खेपि रहनु परेको थियो । बाँसवारी युथ क्लबले बेला बेलामा केही राम्रो अवसर पाए पनि वीरगञ्जका गोलरक्षकको उत्कृष्ट बचाउका कारण गोल गर्नबाट असफल रह्यो।
नवौं सूर्यनगर गोल्डकपको विजेता युनाइटेड वीरगञ्जले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता बनेको बाँसवारी युथ क्लब, काठमाडौंले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ मा नै चित्त बुझाएको छ। फागुन ७ गतेदेखि सुरु भएको नवौं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगितामा स्वदेश तथा विदेशका गरी १० वटा टिमले सहभागिता जनाएका थिए।
यता
सूर्यनगर रंगशालामा भएको सूर्यनगर गोल्डकपको पुरस्कार वितरणका लागि जानुभएका कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले खेलकुदलाई स्थानिय पर्यटनसँग जोडेर जानु पर्ने धारणा राख्नु भएको थियो । उहाले पर्यटनको विकासले आर्थिक लाभहुने र खेलकुद पनि प्रभावकारी हुदै जानेमा जोड दिनु भएको थियो ।
नव युवा क्लबकाअध्यक्ष धनसिंह चिताउरेको अध्यक्षतामा भएको उक्त पुरस्कार वितरण कार्यक्रममा बर्दघाट नगर प्रम्ुख शम्भुलाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।