sunwal

भाषा,धर्म,कला,संस्कार र संस्कृति संरक्षण गर्नु सबैको दायित्व हो ः प्रदेश सभासदस्य पुन

358

कृष्ण ढकाल
बर्दघाट,फागुन–१५
प्रत्येक जात जातीहरुले आ–आफ्नै भाषा,धर्म,कला,संस्कार र संस्कृति संरक्षण गर्नु उनीहरुको दायित्व रहने लुम्बिनी प्रत्देश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगरले बताउनु भएको छ ।
४३ औं मगर दिवसका अवसरमा नेपाल मगर संघ बर्दघाट मगर समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रत्देश सभा सदस्य पुनले उक्त कुरा बताउनु भएको हो ।

पछिल्लो समय सबै जात जातीका समुदायहरु संगठीत भएर अघिबढदै आफ्नो पहिचान खोज्न थालेको भएपनि कतिपय समुदायको स्थानिय रहिथाने पहिचन गुम्न लागि सकेको बताउनु भएको थियो ।

नेपाल मगर संघ बर्दघाट मगर समितिका अध्यक्ष भरत कामु मगरको अध्यक्षता र लुम्बिनी प्रत्देश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,निर्वतमान नगर प्रमुख धिरज शर्मा,उपप्रमुख रुद्र प्रकाश उपाध्याय,नेपाल मगर संघ लुम्बिनी प्रदेश अध्यक्ष डि.बि. थापा लगाएतले बोल्दै राज्य स्तरमा र बर्दघाट नगरमा मगरहरुको पहिचान र मगर समुदायको योगदानका वारेमा चर्चा गरेका थिए ।

त्यसैगरी मगर समुदायका बुद्धिजीवी तथा समाजसेवीहरुले संस्कार,संस्कृति र परम्पराहरुको संरक्षण र प्रवद्र्धन मगरहरु स्वयमले गर्नु पर्ने धारणा राखेका थिए । उनीहरुले राज्यले गरेन भनेर भन्नु गलत रहेको बताउदै आफ्नो पहिचान र संस्कार संस्कृतिको संरक्षणमा आफै लाग्नु पर्नेमा जोड दिएका थिए ।
बर्दघाट मण्डबमा नगर उपाध्यक्ष शुष्मा पुनको स्वागत मन्तब्यबाट शुरु भएको ४३ औं मगर दिवस कार्यक्रमको सञ्चालन सचिव महेन्द्र धर्तिमगरले गर्नु भएको थियो ।