sunwal

शैक्षिक सुधारका लागी शैक्षिक तथा सांस्कृतिक मेला महत्वपुर्ण छ : मुख्य मन्त्रि आचार्य

493

फागुन–१३

पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आज देखि सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण आचार्यले मेलाको उद्दघाटन गर्दै ५ दिन सम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ संचालन गरिएको मेलाले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नु भयो। ” मेलाले शैक्षिक गतिविधि बढ्ने र जसको प्रवाह समाजमा सकारात्मक पर्ने विश्वास लिएको छ। ” मुख्य मन्त्री आचार्यले भन्नु भयो।

लुम्बिनी प्रदेशकाे समाजिक विकास मन्त्रालयले विद्यालयको शैक्षिक सुधारका लागी विभिन्न कार्यक्रमहरु अगाडि ल्याएको बताउनुभयो । त्यसका लागी जेसिजले युवाहरुलाई जोड्ने र व्यक्तित्व विकास गर्र्दै समाजिक विकासको अभियानमा जोड्ने जस्तो पवित्र मनसायले रामनगर जेसिजले गरेको कार्य प्रशंसनिय रहेको उल्लेख गर्नु भयो।

त्यस्तै समाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रबाट नै प्रदेशको विकास हुने भएकाले प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला महत्वपुर्ण हुने बताउनुभयो । अवको शिक्षा प्रविधि संग जोडिनुपर्नेमा जोड दिदै उहाँले प्रदेश सरकारले सोहि अनुसार योजना गराएर अगाडि बढेको बताउनुभयो । अगामी एस इ इ को नतिजा उत्कृष्ट बनाउनको लागी मन्त्रालय लागी परेको सामाजिक मन्त्री तिमिल्सिनाको भनाई छ ।

पाँच दिन सम्म संचालन हुने मेलामा शिक्षक तथा प्रधानाध्यापकहरुलाई तालिम, विद्यार्थीहरुलाई नेतृत्व विकास, लागुऔषध सम्बन्धि सचेतना लगायत विभिन्न संघ संस्थाका नेतृत्वकर्ताहरुलाई भाषणकला तालिम लगायतका कार्यक्रमको व्यवस्था रहेको आयोजकले जनाएको छ । मेलामा सांस्कृतीक कार्यक्रममा विभिन्न जातजाती भाषा भाषिका कला संस्कृति प्रस्तुत गर्नुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम संयोजक कृष्ण क्षेत्री(नेपालि मान्छे) जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्रि खड्ग वस्नेत, संविधान सभा सदस्य विक्रम खनाल, सुनवल नगर उपप्रमु्‌ख सुर्य दुवे, निर्वतमान नगर प्रमुख भिम वहादुर थापा लगायतको उपस्थिति रहेको थियो । रामनगर जेसिज २०२५ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षता तथा प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला संयोजक वलराम चापागाईको स्वागत र जेसि जयराम वस्यालको संचालन रहेको थियो ।