sunwal

बिरगंज युनाईटेड, बिरगंज र बांसवारी क्लब काठमाडौं विच फाईनल खेल हुने

490

कृष्ण ढकाल

बर्दघाट,फागुन–१४

पश्चिम नवलपरासी जिल्लाको सर्वाधिक धनराशि पुरस्कार रहेको नवौं सूर्यनगर गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को उपाधिका लागि फाईनल खेलमा बीरगंज युनाईटेड,बिरगंज र बांसवारी क्लब काठमाडौं भिडने भएका छन ।

आज अर्थात बुधवार भएको सेमिफाईनलमा वागमती युथ क्लब सर्लाहीलाई शुन्यका विरुद्ध ४ गोलगर्दै  बीरगंज युनाईटेड,बिरगंज फाईनलमा प्रवेश गरेको छ ।

खेलशुरु भएको २५औं मिनेटमा जर्सी नं. १४ का कृपाकान्त चौधरीले गोलगरी खाता खोलेपछि फेरी ३९औं मिनेटमा बीरगंज युनाईटेड,बिरगंजकै अर्का जर्सी नं. ११ का अमर डण्गोलले थप १ गोलगरी पहिलो हापमा नै २ गोल गर्न  बीरगंज युनाईटेड,बिरगंज सफल भएको थियो ।

वागमती युथ क्लब सर्लाहीलाई आफ्नो नियन्त्रणमा लिइरहेको बीरगंज युनाईटेड,बिरगंजले फेरी दोस्रो हाफ लगत्तै अर्काे गोलगरी ३ गोल बनाएको थियो । तेस्रो पटक जर्सी नं. ७ का  खेलाडी सागर चौधरीले गोल गरेका थिए भने अन्तिममा फेरी बीरगंज युनाईटेड,बिरगंजका जंर्सी नं. ११ का अमर डण्गोलले थप १ गोलगरी वागमती युथ क्लब सर्लाहीलाई ४ गोलको भारी थुपारेको थियो । तर वागमती क्लब सर्लाहीले भने खेलअधिभर नै खाता समेत खोल्न सकेन ।

आज भएको सेमिफाईनल खेलमा बीरगंज युनाईटेड,बिरगंजका जर्सी नं.११ का अमर डण्गोल म्यान अफ दि म्याच हुन सफल भएका थिए भने पहिलो गोलकर्ता जर्सी नं. १४ का कृपाकान्त चौधरीलाई टि.पि. बास्तोलाले ८ हजार पुरस्कार प्रदान गर्नु भएको खेल संयोजक मिन गुरुङले बताउनु भएको छ ।

स्वदेश तथा विदेशका १० टिमले सहभागिता जनाएको नवौं सूर्यनगर गोल्ड कप फुटबल प्रतियोगितामा प्रथमहुने टिमले ६ लाख ६६ हजार ६ सय ६६ रुपैया नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यसैगरी उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष धनसिंह चिताउरेले बताउनु भएको छ । २ सय रुपैया प्रवेश शुल्क रहेको प्रतियोगिता  बर्दघाट नगरपालिका वडा नं. १६ मा रहेको सूर्यनगर रंगशालामा सञ्चालन भैरहेको छ । फाईनल खेल १६ गते  हुने छ ।