कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
शिक्षालाई संस्कार र संस्कृतिसँग जोडेर अघिबढनु पर्ने संघीय सांसद तथा शिक्षा समितिकी सदस्य सरिता भुसालले बताउनु भएको छ । बर्दघाट २ मा रहेको दिव्यज्योति माध्यमिक विद्यालयको ४८ औँ वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै सांसद भुषालले उक्त कुरा बताउनु भएको हो ।
नेपाली कला, संस्कृति र गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्ने नीति अनुरूपको शिक्षा विधेयक आवश्यकता रहेको उल्लेख गर्दै सांसद भुषालले संघीयतापछि तिनै तहको सरकार मिलेर शिक्षालाई संस्कार र संस्कृतिसंग जोडेर व्यावसायिकता तर्फ उन्मुख गर्न जरुरी रहेको भुषालले बताउनुभएको थियो।
फरक प्रसंगमा बोल्दै सांसद भुषालले देशलाई आवश्यकता भए अनुसारको शिक्षा प्रदान गर्नेगरी शिक्षा विधेयकका विषयमा छलफल भैरहेको बताउनु भयो । हिउँदे अधिवेशनमा नि शिक्षा विधेयक पेश गर्ने तयारीमा रहेको बताउदै” स्थानीय प्रदेश र सङ्घीय गरी तिनै तहको सरकारले शिक्षालाई प्राथमिकीकरण गरी व्यवसायीकरणसँग जोड्नुपर्नेमा जोड दिनुभयो। अभिभावकलाई प्रशिक्षण दिने, र पढ्दै, सिक्दै, कमाउँदै र रमाउँदै” शिक्षा प्रणाली भए व्यावहारिक हुने उहाँको भनाइ रहेको थियो ।
त्यसैगरी संविधान सभा सदस्य विक्रम खनालले शिक्षामा अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सहयोगलाई आधार बनाउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रविधिका कारण विश्व बजार नै एउटा गाउँ भएको उल्लेख गर्दै विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
बर्दघाट नगरपालिकाका निर्वतमान नगरप्रमुख धीरज शर्मा बस्यालले नगरले सबै विद्यालयलाई समान रूपमा स्थानीय सरकारले नहेरेको आरोप लगाउदै स्थानीय सरकारले शिक्षा ऐन अनुसार विद्यालयहरूलाई हेर्ने दृष्टिकोण तयार गर्नुपर्ने बताउनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनबन्धु पाण्डेको अध्यक्षता मा भएको कार्यक्रममा बर्दघाट नगरका सामाजिक विकास समिति संयोजक भिकमाजी गुरुङ,वडाध्यक्ष गणेश बहादुर क्षेत्री,विद्यालयका पूर्वअध्यक्षहरू सुबोध बुढाथोकी, सदानन्द पाण्डे तथा शिक्षक अभिभावक संघका अध्यक्ष रेल बहादुर बुढा लगाएतले बोल्नु भएको थियो ।
गर्दै विद्यालयले नगरमा अव्वल नतिजा प्राप्त गरेको दाबी गर्नुभयो । कार्यक्रममा सहायक प्रधानाध्यापक कल्पना ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश कुँवरले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण अधिकारी र शिव पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले नाटक, विभिन्न जातीय सांस्कृतिक नृत्व प्रस्तुत गरेका थिए । विज्ञान प्रदर्शनी,र बिद्यार्थीहरुले सञ्चालन गरेका खानाका स्टलहरु समेत रहेका थिए ।